नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10768 · वि.सं. २०७८
नि.नं. 10768 — लेनदेन
सिद्धान्त / नजिर सार (Headnote Summary)
एकै दिनमा समेत दुई प्रयोजनका लागि उही व्यक्तिहरूबाट अलग अलग लिखत खडा गरी व्यवहार कारोबार हुनसक्ने हुँदा कपाली तमसुक लिखत खडा भएको एक दिनपछि राजीनामा पारित भएको देखिएकै आधारमा सो कपाली तमसुक लिखत राजीनामा गर्ने प्रयोजनका लागि खडा भएको भनी अर्थ गर्न नमिल्ने । वादी प्रतिवादीबिच एकभन्दा बढी व्यवहार भएकोलाई आधार मानी ती व्यवहारहरू एकै उद्देश्यका लागि भएका हुन् र ती व्यवहारमा अन्तरसम्बन्ध छ भनी अनुमान गर्न नमिल्ने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10768 |
|---|---|
| मुद्दाको विषय | लेनदेन |
| निर्णय वर्ष / मिति | 2077/12/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री अच्युत विष्ट |
| मुद्दा नं. | ०७२-CI-०३४८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10768 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
