सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३३ / ४४०

नि.नं. 10749वि.सं. २०७८पूर्ण इजलास

बन्दीप्रत्यक्षीकरण

कर्तव्य ज्यान मुद्दाको जाहेरीमा निवेदकको नाम उल्लेख भएको, अनुसन्धानको क्रममा कागज गर्ने व्यक्तिहरूले वारदातमा निवेदकको समेत संलग्नता रहेको भनी खुलाएको तथा सहप्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा आफू र निवेदकसमेतका व्यक्तिको वारदातमा संलग्नता रहेको भनी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10748वि.सं. २०७८संयुक्त इजलास

भ्रष्टाचार (रिसवत)

मनसाय तत्त्व आपराधिक कार्यबाट नै खोजिने र हेरिने विषय हो; त्यसैले यो सधैँ मुखरित अवस्थामा नहुन पनि सक्छ । कार्यको प्रकृति, सम्भावित परिणाम र सो परिणाम ल्याउन अभियुक्तले चालेको कदमहरूको समग्रतामा नै मनसाय तत्त्वको खोजी गर्नुपर्ने । अभियुक्तले आफ्नो कार्यको सम्भ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10747वि.सं. २०७८संयुक्त इजलास

जग्गा हक कायम खिचोला मेटाई दर्ता

कुनै पनि अचल सम्पत्तिमा आफ्नो बसोबाससहित चीरकालदेखि भोग रहँदै आएको छ भनी पुष्टि हुन घर कच्ची नै भए पनि साबिकमा नै बनेको भनी प्रथमदृष्टिमै उक्त घरको बनौट एवं प्रकृतिबाट नै पुष्टि हुनुपर्ने । बसोबाससहित उक्त जग्गामा भोग रहेको देखाउन त्यहाँ लगाइएको बोट विरूवा आदि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10746वि.सं. २०७८संयुक्त इजलास

बैंकिङ कसुर

अभियोगपत्र दायर हुनुअगावै प्रतिवादीले जाहेरवालाबाट सापटी लिएको रकम फिर्ता गरिसकेको र जाहेरवालाले दाबी बिगो पाइसकेको हुँदा बिगो कायमै रहेको भनी अर्थ लगाउनु न्यायको दृष्टिकोणबाट उचित नदेखिने । (प्रकरण नं.६) व्यक्ति व्यक्तिबिचको व्यवहारबाट सिर्जित कसुरसम्बन्धी व्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10745वि.सं. २०७८संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

कानूनले अन्य विकल्पहरूको व्यवस्था गरिरहेको अवस्थामा ती विकल्पहरूको समुचित अभ्यास गर्नेतर्फ ध्यान दिई कसुरको गाम्भीर्यको विश्‍लेषण गरी अभियुक्तलाई थुनामा राख्‍नुपर्ने कानूनी आधारमा र अपरिहार्यता सम्बन्धमा स्पष्‍ट हुनु अपेक्षित हुन्छ । त्यसमाथि पनि वैयक्तिक स्वत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10744वि.सं. २०७८संयुक्त इजलास

ठगी

‍कुनै फर्म वा कम्पनीको आडमा कुनै व्यक्तिले अपराधजन्य कार्य गरेको छ भने फर्म वा कम्पनी दर्ता रहेकै कारण दर्तावालालाई कसुरदार ठहर्‍याउन न्यायोचित नहुने । जाहेरवालासँग त्यस्तो कम्पनी वा फर्मको दर्तावालाको प्रत्यक्ष वा अप्रत्यक्ष कुनै सम्पर्क थियो थिएन, त्यस्तो दर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10743वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण

वातावरण, जलवायु परिवर्तन र मानव अधिकारसम्बन्धी कानूनको बढ्दो दायरा र चासोलाई अदालतले अवश्य पनि गम्भीरतापूर्वक हेर्छ र हेरिनुपर्छ । स्वस्थ र सुरक्षित वातावरणमा बस्न पाउने जनताको हकको हर तरहबाट सम्मान गरिनुपर्छ । बाढी पहिरोको कारण हकहरूको प्रचलनमा पर्ने प्रतिकूल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10742वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण / परमादेश

परामर्श भनेको सल्लाह हो र सल्लाह दिनेले सो विषयमा स्वयम् निर्णय लिन मिल्दैन । परामर्श दिने व्यक्ति वा संस्थाले आफूमा रहेको विशिष्टीकृत ज्ञान र अनुभवको आधारमा परामर्श माग गरिएको विषयमा आफ्नो धारणा वा दृष्टिकोण राख्नेसम्मको कार्य गर्नुपर्ने । ९प्रकरण नं।५० नेपाल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10741वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण

Dissertation बुझाउनु र Viva-voce लिने कार्य हुनु दुई फरक कुरा हुन् । सामान्यतयाः Dissertation बुझाएको दिन नै Viva-voce कार्य सम्पन्न हुँदैन । Dissertation बुझाउने काममा सम्म विद्यार्थीको जिम्मेवारी रहन्छ, Viva-voce को व्यवस्थापन गर्ने कार्य विश्वविद्यालयको हुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10740वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण / परमादेश

मुलुकी अपराध संहिता, २०७४ प्रचलनमा आउनुअघि नै अदालतको फैसलाअनुसार लागेको जरिवानाबापतको रकम अदालतमा दाखिल गरेको अवस्थामा सदरस्याहा गर्ने प्रशासनिक कार्यहरूपछि भएको भन्‍ने आधारबाट वर्तमान कानूनले दिएको सुविधा प्राप्‍त हुने होइन । तत्काल जरिवानाबापतको रकम दाखिल न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10739वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण / परमादेश

व्यक्तिहरूले कुनै सम्पत्ति एकल वा संयुक्त नाउँमा राख्ने भन्ने विषय निजको स्वनिर्णयको विषय हो । यसरी व्यक्तिलाई एकल वा संयुक्त रूपमा सम्पत्ति राख्न सक्ने विकल्प हुँदाहुँदै संयुक्त रूपमा राखेको सम्पत्तिबाट प्राप्त हुने कुनै आय वा लाभबापत कानूनद्वारा तोकिएको कर त…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10738वि.सं. २०७८संयुक्त इजलास

हाडनाता जबरजस्ती करणी

जाहेरवालाको जाहेरी दरखास्त र सोलाई समर्थन गर्ने गरी गरेको बकपत्र, पीडितको घटना विवरण कागज र सोलाई समर्थन गरी गरेको बकपत्र, घटना विवरण कागज गर्ने अन्य व्यक्तिहरूको बकपत्र तथा पीडितको शारीरिक परीक्षण प्रतिवेदन र सो परीक्षण गर्ने डाक्टरको बकपत्रसमेतबाट जबरजस्ती क…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10737वि.सं. २०७८संयुक्त इजलास

क्याम्पसको रकम हिनामिना गरी भ्रष्‍टाचार गरेको

पेस्की रकम कानूनबमोजिम फछ्‌र्यौट नगरेको अवस्थामा लेखापरीक्षण हुँदा पेस्की लिने व्यक्तिबाट असुलउपर गर्नुपर्ने बेरूजु ‍औंल्याउने गरिन्छ । सो बेरूजु रकमलाई सम्बन्धित निकायबाट सम्परीक्षण गराएपछि मात्र सो पेस्की लिने व्यक्तिले बेरूजुको दायित्वबाट उन्मुक्ति पाउने हु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10736वि.सं. २०७८संयुक्त इजलास

कर्तव्य ज्यान

अनुमानको आधारमा टुक्रिएका र खण्डित भएका घटना र वारदातका तथ्य र प्रमाणहरूलाई फौजदारी कानून एवं न्यायको प्रमाण मूल्याङ्कनका सिद्धान्त र अवधारणाबाट पर गएर अदालतले जबरजस्ती रूपमा प्रमाणहरू जोडेर कसैलाई पनि सजाय गर्न सक्तैन । घटना र वारदातसँग प्रत्यक्ष रूपमा प्रभाव…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10735वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण

बृहत् रूपमा उद्योगधन्दालगायतको प्रवद्र्धन गर्ने राष्ट्रिय नीति रहेको भए तापनि ज्ञानको विश्‍वव्यापीकरणको परिप्रेक्ष्यमा पुस्तक तथा पत्रपत्रिकाहरूलाई अझ विशेष रूपमा हेरिनुपर्ने । पुस्तक तथा पत्रपत्रिकाको आयातमा भन्सारलगायतको कर लगाउँदा नेपाली पाठकलाई आर्थिक भार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10734वि.सं. २०७८संयुक्त इजलास

कर्तव्य ज्यान र जबरजस्ती करणी

प्रतिवादी कायम गर्नुभन्दा अगाडि नै प्रतिवादीको मृत्यु भइसकेको देखिएकाले आफूउपर आरोपित कसुरमा प्रतिरक्षा गर्न नै नपाई मृत्यु भइसकेको व्यक्तिबाट क्षतिपूर्ति भराइदिनु न्यायोचित नदेखिने । (प्रकरण नं.१३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10733वि.सं. २०७८संयुक्त इजलास

आयकर (आ.व. ०६२/६३)

आयकर

गैरकानूनी कार्यबाट कानूनसम्मत प्रतिफल प्राप्त हुन सक्दैन अर्थात् कानूनी वैधानिकता नै नभएको सम्झौताअनुसार दाखिला गरेको करले निवेदकलाई आफ्नो दायित्वबाट उन्मुक्ति दिन्छ भनेर मान्नु कानून तथा न्यायको उपहास हुन जाने । ऐनले वर्जित कार्य र सम्झौताविपरीत आफैँ सेवा सम्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10732वि.सं. २०७८पूर्ण इजलास

उत्प्रेषण

कुनै पनि लगानीकर्ताले आफूले कुनै आयोजनामा लगानी गर्दाका बखत कायम रहेको कानूनी व्यवस्था र त्यस्ता कानूनले प्रदान गरेका सुविधासमेतको लेखाजोखा गरी कानूनले प्रदान गरेका सुविधा उपभोग गर्ने उद्देश्यले लगानी गर्न तयार भएको हुन्छ । लगानी गर्न तयार भई आयोजना अगाडि बढाउ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10731वि.सं. २०७८संयुक्त इजलास

ज्यान मार्ने उद्योग

मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. को व्यवस्थाले ज्यान मार्ने मनसायले जुनसुकै कार्य गरेको भनी ऐनमा उल्लेख भएबाट नै गोली चलाउने वा बम हान्ने वा घातक हतियारले काट्‍ने देखीबाहेक अन्य रीतसँग पनि मानिस मार्ने कार्य हुन सक्दछ भन्ने विधायिकी मनसाय रहेको देखिन्छ ।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10730वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण / परमादेश

मानसिक अवस्था ठिक नभएका मानिसले परिणामको जानकारी राख्‍न नसक्ने र बुझेको म्यादको प्रयोजन नै अनुभूति गर्न नसक्ने तथा यो-यसको नामको यो प्रयोजनको म्याद यो-यसरी जानकारी दिनुपर्ने भन्‍नेसमेत थाहा पाउने अवस्था नरहेको मानिसले सम्बन्धित व्यक्तिलाई जानकारी दिन सक्ने अवस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10729वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण / परमादेश

सार्वजनिक हक वा सरोकारको विवाद भन्‍नाले कुनै खास व्यक्ति वा व्यक्तिहरूको व्यक्तिगत हक वा सरोकारमा मात्र सीमित भएको विवाद नभएर नेपालका सर्वसाधारण जनता वा कुनै जनसमुदायको सामूहिक हक वा सरोकारसँग सम्बन्धित भएको विवाद हुनुपर्ने । नेपाल सरकार वा कुनै सार्वजनिक निका…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10728वि.सं. २०७८संयुक्त इजलास

कर्तव्य ज्यान

घटनास्थल वरपर उपस्थित भई घटनास्थलमा जान इन्कार गर्नु र कसैलाई कर्तव्य गरी मार्नु दुई फरक कुरा हुन् । कसैको रगताम्य रूपमा हत्या भएको वारदातस्थलमा जान डराउनु र जाँदा आफूलाई नै आरोप आइलाग्छ कि भनेर सोच्नु स्वाभाविक मानवीय भावना हो । प्रतिवादी वारदातस्थलको वरपर उप…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10727वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण

प्रचलित सरकारी मुद्दासम्बन्धी ऐनअनुसार जाहेरी लिई अनुसन्धान गर्न पाउने निकाय तथा अधिकारीले आफ्नो अधिकार प्रयोग गर्दा प्रचलित कानूनबमोजिम नै गर्नुपर्ने हुन्छ । कुनै पनि कानूनी कारबाहीको लागि हदम्यादसम्बन्धी व्यवस्था महत्त्वपूर्ण कडीको रूपमा रहेको हुन्छ । सरकार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10726वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण

साधारण अधिकार क्षेत्रअन्तर्गत मुद्दाको रोह तथा कारबाहीको सिलसिलामा अधिकार क्षेत्रको त्रुटि भएको, प्राकृतिक न्यायको सिद्धान्तको विपरीत भएको, कानूनको देखादेखी त्रुटि भएको, बदनियत र प्रवृत्त भएको, अनधिकृत निकायबाट कामकारबाही आदेश भएको, संवैधानिक र कानूनी प्रश्‍नक…

नजिर सार पढ्नुहोस् →