नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10735 · वि.सं. २०७८
नि.नं. 10735 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
बृहत् रूपमा उद्योगधन्दालगायतको प्रवद्र्धन गर्ने राष्ट्रिय नीति रहेको भए तापनि ज्ञानको विश्वव्यापीकरणको परिप्रेक्ष्यमा पुस्तक तथा पत्रपत्रिकाहरूलाई अझ विशेष रूपमा हेरिनुपर्ने । पुस्तक तथा पत्रपत्रिकाको आयातमा भन्सारलगायतको कर लगाउँदा नेपाली पाठकलाई आर्थिक भार पर्नुको साथै विश्वव्यापी ज्ञानबाट वञ्चित हुने अवस्था आउने । प्रकाशन क्षेत्रका स्वदेशी उद्योगलाई संरक्षण तथा सम्बर्धन गर्नलाई आयातमा भन्सार लगाएर मात्र होइन, कच्चा पदार्थमा सहुलियत दिएर तथा अन्य संरक्षणात्मक उपायहरू अवलम्बन गरी संविधानको उद्देश्य प्राप्त गर्न सकिने । पुस्तक तथा पत्रपत्रिकाहरूमा आयात महसुल वृद्धि सँगै पुस्तकको मूल्य पनि वृद्धि हुँदै जाने र नेपाली पाठकलाई आर्थिक भार पर्ने हुँदा राज्यले अभिव्यक्ति स्वतन्त्रता, ज्ञान र प्रविधिको आवागमन, विश्वव्यापी ज्ञान, नवप्रवद्र्धन, प्रविधि र नवआविष्कार तथा छापाखाना र स्वदेशी कागज उद्योगको उन्नतिलगायतमा सन्तुलनता कायम गर्नुपर्ने । ९प्रकरण नं।८० पाठक माझ लेखकको बौद्धिक सम्पत्तिलाई सम्मान र संरक्षण गर्दै सुलभ मूल्यमा पुस्तक उपलब्ध गराउने एक मात्र प्रभावकारी उपाय भनेको आयात हुने पुस्तक तथा पत्रपत्रिकामा आयात शुल्क कम गर्नु वा पूरै छुट दिनु हो । यसले विचार तथा ज्ञानको स्वतन्त्र आदानप्रदानलाई प्रोत्साहन गर्नुको साथै पढाइलाई पहुँचयोग्य ९बअअभककष्दभि० र किफायती ९बायचमबदभि० समेत बनाउने । ९प्रकरण नं।१०० निवेदकका तर्फबाट स् विद्वान् वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपाने र विद्वान् वरिष्ठ अधिवक्ता श्री विजयकान्त मैनाली तथा विद्वान् अधिवक्ता श्री अमितकुमार कर्ण र विद्वान् अधिवक्ता श्री मन्दिरा अधिकारी विपक्षीका तर्फबाट स् विद्वान् उपन्यायाधिवक्ता श्री शान्तिप्रसाद लुइँटेल
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10735 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2078/04/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10735 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
