नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10736 · वि.सं. २०७८
नि.नं. 10736 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
अनुमानको आधारमा टुक्रिएका र खण्डित भएका घटना र वारदातका तथ्य र प्रमाणहरूलाई फौजदारी कानून एवं न्यायको प्रमाण मूल्याङ्कनका सिद्धान्त र अवधारणाबाट पर गएर अदालतले जबरजस्ती रूपमा प्रमाणहरू जोडेर कसैलाई पनि सजाय गर्न सक्तैन । घटना र वारदातसँग प्रत्यक्ष रूपमा प्रभावित व्यक्ति एवं पीडित स्वयम्ले वा निजका परिवारले कसुरदार यकिन गरी अदालतमा आफ्नो भनाइ लेखाउन नसकेको र अन्य भौतिक एवं स्वतन्त्र प्रमाण र परीक्षण प्रतिवेदनहरूले घटना, वारदात र सोमा कसुरदारको संलग्नतालाई पुष्टि नगरेको अवस्थामा अदालतले शंका र अनुमानको आधारमा कसैलाई पनि सजाय गर्न नमिल्ने । (प्रकरण नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10736 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2077/07/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीरा खडका | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री शिवनारायण यादव | माननीय न्यायाधीश श्री ईश्वरराज आचार्य |
| मुद्दा नं. | ०७६-CR-०५१३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10736 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
