नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10744 · वि.सं. २०७८
नि.नं. 10744 — ठगी
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै फर्म वा कम्पनीको आडमा कुनै व्यक्तिले अपराधजन्य कार्य गरेको छ भने फर्म वा कम्पनी दर्ता रहेकै कारण दर्तावालालाई कसुरदार ठहर्याउन न्यायोचित नहुने । जाहेरवालासँग त्यस्तो कम्पनी वा फर्मको दर्तावालाको प्रत्यक्ष वा अप्रत्यक्ष कुनै सम्पर्क थियो थिएन, त्यस्तो दर्तावालाले योजना तयार गरी अरू व्यक्तिमार्फत कुनै रकम लिने खाने प्रपञ्च गरेको हो, होइन, ठगीबाट तत्काल प्राप्त गरेको लाभको कुनै अंश त्यस्तो दर्तावालाले आफैँले लिए खाएको देखिन्छ, देखिँदैन इत्यादि सबुद प्रमाणको आधारमा मात्र कुनै व्यवसाय वा सम्पत्तिको दर्तावालाको आपराधिक दायित्व थियो, थिएन भनी हेर्नु आवश्यक हुने । आपराधिक दायित्वको निर्क्यौल यान्त्रिक रूपमा दर्ताको आधारमा मात्र गर्ने होइन, फौजदारी न्याय प्रणालीसम्बन्धी न्यायका मान्य सिद्धान्त तथा कानूनी व्यवस्था र मुद्दाको तथ्यबिच तादम्यता राखी कसुर स्थापित गर्नु आवश्यक हुने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10744 |
|---|---|
| मुद्दाको विषय | ठगी |
| निर्णय वर्ष / मिति | 2076/10/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी |
| मुद्दा नं. | ०७३-CR-०६२२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10744 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
