नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10728 · वि.सं. २०७८

नि.नं. 10728 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

घटनास्थल वरपर उपस्थित भई घटनास्थलमा जान इन्कार गर्नु र कसैलाई कर्तव्य गरी मार्नु दुई फरक कुरा हुन् । कसैको रगताम्य रूपमा हत्या भएको वारदातस्थलमा जान डराउनु र जाँदा आफूलाई नै आरोप आइलाग्छ कि भनेर सोच्नु स्वाभाविक मानवीय भावना हो । प्रतिवादी वारदातस्थलको वरपर उपस्थित रहेको र निजले वारदातस्थलमा जान इन्कारी गरेको तथ्य मात्र निजलाई कसुरदार ठहर्‍याउनका लागि पर्याप्‍त नहुने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10728
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2077/12/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री वासुदेव न्यौपाने | माननीय न्यायाधीश श्री सुदर्शनदेव भट्ट | माननीय न्यायाधीश श्री श्रीमणकुमार गौतम
मुद्दा नं.०७४-CR-०९७१
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10728
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्