नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10749 · वि.सं. २०७८

नि.नं. 10749 — बन्दीप्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

कर्तव्य ज्यान मुद्दाको जाहेरीमा निवेदकको नाम उल्लेख भएको, अनुसन्धानको क्रममा कागज गर्ने व्यक्तिहरूले वारदातमा निवेदकको समेत संलग्नता रहेको भनी खुलाएको तथा सहप्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा आफू र निवेदकसमेतका व्यक्तिको वारदातमा संलग्नता रहेको भनी खुलाएको देखिएको र उक्त एरियामा निवेदकको नाम गरेको अर्को व्यक्ति रहेको नदेखिएको तथा निवेदकले समेत उक्त क्षेत्रमा अर्को कोही निवेदक नाम गरेको व्यक्ति रहेभएको भनी खुलाउन सकेकोसमेत नदेखिँदा कर्तव्य ज्यान मुद्दामा भएको फैसला कार्यान्वयनको क्रममा पक्राउ परेका निवेदक उक्त मुद्दामा सजाय ठहर भएका निवेदक होइनन भन्ने विश्‍वसनीय आधार देखिन नआउने । ९प्रकरण नं।४० कर्तव्य ज्यान मुद्दामा ठहर भएको सजाय कार्यान्वयनको क्रममा पक्राउ परेका व्यक्ति उक्त मुद्दामा सजाय ठहर भएका होइनन भन्ने पुष्टि हुन सकेको नदेखिएको अवस्थामा फैसला कार्यान्वयनको क्रममा पक्राउ गरी कानूनबमोजिम कैदी पुर्जी दिई थुनामा राखिएको कार्यलाई गैरकानूनी थुना भनी मान्न नमिल्ने । ९प्रकरण नं।५०

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10749
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2078/05/24
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना | माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयालको रिट निवेदन खारेज हुने ठहर गरिएको रायसँग मेरो राय फरक परेकोले अब प्रस्तुत विवादमा सुनुवाइका लागि सर्वोच्‍च अदालत नियमावली, २०७४ को नियम २३९२०९क० बमोजिम पूर्ण इजलासमा पेस गर्नु भन्ने माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडाको राय । | माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडाको रायसँग सहमत हुन नसकेकाले सर्वोच्‍च अदालत नियमावली, २०७४ को नियम २३९२० ९क० बमोजिम प्रस्तुत मुद्दा निर्णयार्थ पूर्ण इजलाससमक्ष पेस गर्नु भन्ने माननीय न्यायाधीश श्री हरिप्रसाद फुयालको राय । | माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडाको राय र यी निवेदकलाई यस इजलासबाट सोधिएका प्रश्‍नका कतिपय जवाफमा निजको पूर्ण विश्‍वसनीयता नदेखिएको र निजले उक्त क्षेत्रमा अर्को कोही ईश्‍वर विष्ट भएको जानकारीसमेत नभएको भन्नेसमेत जवाफ दिएको पाइयो । निवेदकले उक्त ईश्‍वर विष्ट म होइन भन्ने दाबी लिएपछि सोही सेरोफेरोमा रहेको अर्को ईश्‍वर विष्ट को हो त भन्ने विश्‍वासिलो प्रमाण पेस गर्न नसकेको र आफू उक्त सजाय पाएको ईश्‍वर विष्ट होइन भन्ने प्रमाण दाबी लिनेले नै गुजार्नुपर्ने देखिँदा रिट निवेदक ईश्‍वर विष्टलाई पक्राउ गरी कानूनबमोजिम कैदी पुर्जी दिई थुनामा राखिएको कार्यलाई गैरकानूनी थुना भनी मान्न | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयालको राय भई संयुक्त इजलासका माननीय न्यायाधीशहरूबिच मतैक्य हुन नसकी फरकफरक राय प्रस्तुत भई सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३९२०९क० बमोजिम पूर्ण इजलाससमक्ष पेस हुन आएको देखियो । | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयालको राय मनासिब देखिँदा सदर हुने भई प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । प्रस्तुत रिट निवेदनको दायरीको लगत कट्टा गरी फैसलाको प्रति विद्युतीय प्रणालीमा अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10749
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्