नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10739 · वि.सं. २०७८
नि.नं. 10739 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
व्यक्तिहरूले कुनै सम्पत्ति एकल वा संयुक्त नाउँमा राख्ने भन्ने विषय निजको स्वनिर्णयको विषय हो । यसरी व्यक्तिलाई एकल वा संयुक्त रूपमा सम्पत्ति राख्न सक्ने विकल्प हुँदाहुँदै संयुक्त रूपमा राखेको सम्पत्तिबाट प्राप्त हुने कुनै आय वा लाभबापत कानूनद्वारा तोकिएको कर तिर्ने बुझाउने दायित्व पूरा गर्नु सो सम्पत्तिवाला व्यक्तिको कर्तव्य हुने । एकभन्दा बढी व्यक्तिको संयुक्त नाउँमा रहेको घर जग्गा बिक्री गर्दा प्राप्त हुने लाभलाई कर प्रयोजनका लागि संयुक्त दर्तावाला व्यक्तिहरूको संख्याको आधारमा भाग लगाउन मिल्ने भन्ने कानूनी प्रावधान रहेको देखिन नआएको अवस्थामा आयकर ऐन, २०५८ बमोजिम राज्यले लाभकर असुल गर्ने कानूनी प्रावधान नै निष्क्रिय हुने गरी सम्पत्ति नि:सर्ग गर्दा लाभ प्राप्तगर्ने व्यक्तिहरूले लाभकर तिर्ने दायित्वबाट उन्मुक्ति नपाउने । (प्रकरण नं.७) संयुक्त नाउँमा दर्ता भएको सम्पत्ति निःसर्ग गर्दा सो सम्पत्तिको कारोबार मूल्य (value) लाई नै हेरिनुपर्ने हुन्छ । संयुक्त रूपमा प्राप्त गरेको सम्पत्ति बिक्री गर्दा अलगअलग व्यक्तिले कानूनले तोकेको लाभकर छुट पाउने भनी अर्थ गर्ने हो भने सो सम्पत्तिको लाभकरको प्रयोजनार्थ मूल्य निर्धारणमा एकरूपता रहँदैन र अन्यौलता सिर्जना भई आयकर ऐनको भावनाअनुकूल नहुने । पुँजीगत लाभकरलाई सम्पत्तिको संयुक्त स्वामित्वकर्ताहरूको बिचमा खण्डीकरण गर्न मिल्ने देखिँदैन । संयुक्त स्वामित्वको सम्पत्तिको पुँजी मूल्य एउटै इकाइमा रहने र सो अवस्थामा सम्पत्ति निःसर्ग गर्दा लाग्ने पुँजीगत लाभकरलाई पनि एउटै इकाइमा गणना हुनु कानूनसम्मत नै हुने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10739 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2077/03/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा |
| मुद्दा नं. | ०७२-WO-००७३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10739 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
