नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10751 · वि.सं. २०७८
नि.नं. 10751 — बैंक डकैती
सिद्धान्त / नजिर सार (Headnote Summary)
बैंक डकैती जस्तो सङ्गठित अपराध गर्न दुई तीन व्यक्तिको मात्र मनसाय वा कार्यले सम्भव नहुने हुनाले यस्तो अपराध गर्नको निम्ति तीन जनाभन्दा बढी व्यक्तिको संलग्नता रही ती व्यक्तिहरूबिच कार्य विभाजन गरी सम्पन्न गर्ने हेतु राखिन्छ । बैंक डकैती जस्तो सङ्गठित अपराधमा सबै प्रतिवादीहरू उत्तिकै मात्रामा संलग्न रहने हुँदा सजाय निर्धारण गर्दा पनि निजहरूलाई निजहरूका साथबाट बरामद भएको रकमको आधारमा जरिवाना गर्नु विधायिकी मनसायविपरीत हुन जाने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10751 |
|---|---|
| मुद्दाको विषय | बैंक डकैती |
| निर्णय वर्ष / मिति | 2077/11/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री गोपाल भट्टराई | माननीय न्यायाधीश श्री गुणराज ढुङ्गेल | माननीय न्यायाधीश श्री प्रमोदकुमार श्रेष्ठ बैद्य |
| मुद्दा नं. | ०७१-CR-०५९६ | ०७१-CR-०७२९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10751 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
