नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10767 · वि.सं. २०७८
नि.नं. 10767 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रत्येक व्यक्तिलाई उसको आफ्नो कसुरप्रति मात्र उत्तरदायी बनाउन सकिन्छ, अरूको कार्यप्रति होइन भन्ने फौजदारी कानूनको उत्तरदायित्वसम्बन्धी सामान्य नियमसमेतबाट निवेदकले अनुसन्धान अधिकृतको हैसियतले कानूनले दिएको अधिकार प्रयोग गरी प्रतिवादीसँग धरौटी लिई तारेखमा राखी कारबाही गर्ने गरी निर्णय / आदेश गरेको कारणबाट मात्र अरू कसैले गरेको फौजदारी कसुरको दायित्व निजलाई बेहोर्न लगाउने कुरा न्यायोचित र तर्कसङ्गत नदेखिने । अभियोजनात्मक न्यायिक प्रणाली अवलम्बन गरेको वस्तुगत परिवेशमा कुनै निकाय वा निकायका अधिकारीले कानूनबमोजिम गरेको पदीय काम कर्तव्यहरूउपर आधारहीन तर्क सिर्जना गरी आफ्नो क्षेत्राधिकार नाघ्ने कार्य संविधान, प्रचलित कानून एवम् न्यायिक सिद्धान्तसमेतबाट मान्य हुन नसक्ने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10767 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2078/04/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री डा. कुमार चुडाल |
| मुद्दा नं. | ०७४-WO-०३६१ | ०७१-CR-०१८४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10767 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
