नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10754 · वि.सं. २०७८
नि.नं. 10754 — बैंकिङ्ग कसूर
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ चेक काटेर दिने र लिने बीचको व्यवहारमा चेक काटेर दिने पक्षको मनसाय कस्तो छ, दुर्भावनायुक्त छ, छैन; उसको उद्देश्य चेक लिने पक्षलाई नोक्सान पार्ने प्रवृत्तभावनाबाट प्रेरित थियो, थिएन र पीडितले नोक्सान व्यहोर्नु पर्यो, परेन जस्ता कुराहरू न्यायको रोहमा हेर्नु आवश्यक देखिन्छ।आर्थिक दायित्व (Economic liability) पुरा हुँदैमा फौजदारी दायित्व (Criminal liability) समाप्त हुँदैन भन्ने कुरालाई शतप्रतिशत अस्वीकार गर्न मिल्ने देखिंदैन तापनि इन्साफको रोहमा प्रतिवादीबाट विवादमा सम्बन्ध राख्ने विषयमा भएको व्यवहार, निजको उद्देश्य र सो अनुरूपको तैयारी, अर्कोलाई नोक्सानी पुर्याई आफूलाई फाइदा हुनेगरी काम कारवाही भएको हो वा होइन; भएको व्यवहारलाई समाधान गरिएको अवस्था के, कस्तो छ; त्यसतर्फ दृष्टि पुर्याउनु पनि आवश्यक हुन्छ।न्यायको अन्तिम लक्ष्य सजाय नै होइन।सजाय इन्साफको रोहमा सटिक र सर्वमान्य समेत देखिनुपर्ने र हुनुपर्ने। (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10754 |
|---|---|
| मुद्दाको विषय | बैंकिङ्ग कसूर |
| निर्णय वर्ष / मिति | 2077/03/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री कुमारप्रसाद पोखरेल | माननीय न्यायाधीश श्री गोकर्ण डाँगी |
| मुद्दा नं. | ०७५-RB-०६३३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10754 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
