नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10758 · वि.सं. २०७८
नि.नं. 10758 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
कानूनबमोजिमको पर्याप्त र मनासिब आधार र कारण भएमा कानूनको उचित प्रक्रिया पूरा गरेर मात्र नियुक्ति गर्ने अधिकारीले बर्खास्ती गर्न सक्ने । निर्वाचन आचार संहिता लागु भएपछि नियुक्ति भएको भन्ने आधारमा नै पूर्ववर्ती सरकारले गरेका सबै नियुक्तिहरू गोश्वारा रूपमा स्वत: खारेज नहुने । नियुक्ति अमान्य हुनुपर्दछ भन्ने विषयमा आचार संहिताको पालना गर्न लगाउने नियमनकारी निकायको रूपमा रहेको निर्वाचन आयोगबाट कुनै अन्यथा निर्णयसमेत नभएको अवस्थामा त्यस्तो निर्णयलाई मनासिब र कानूनसङ्गत मान्न नसकिने । (प्रकरण नं.३) अख्तियारप्राप्त अधिकारीद्वारा कानूनमा भएको व्यवस्थाबमोजिमको प्रक्रिया अवलम्बन गरी नियुक्ति गरिएको निर्णयले कानूनी अधिकार तथा दायित्व सिर्जना गर्दछ । कानूनबमोजिम नियुक्ति पाउनेले तोकिएको अवधिसम्म प्रचलित कानूनअनुरूप कार्य गर्न पाउनु निजको वैध अपेक्षाको विषय पनि हो । सार्वजनिक जवाफदेहिताको पदमा नियुक्त व्यक्ति नियुक्ति गर्ने अधिकारीको इच्छानुसार नभएर कानूनी सर्तअनुसार सेवा निवृत्त हुने हो । नियुक्तिकर्ताको इच्छा कानून र न्यायका मान्य सिद्धान्तअनुकूल मात्र प्रयोग हुन सक्तछ । निश्चित पदावधिका लागि नियुक्त व्यक्तिलाई कानूनबमोजिमको अन्यथा नकारात्मक अवस्था देखिएको कुरामा बाहेक सामान्यतया: सो निर्धारित अवधिसम्म बहाल रहन दिनु सुशासनका दृष्टिले पनि वाञ्छनीय देखिने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10758 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2078/08/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल |
| मुद्दा नं. | ०७५-WO-००३९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10758 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
