सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २६३ / ४४०

नि.नं. 4251वि.सं. २०४८संयुक्त इजलास

लुटपिट

(१) एकाको दर्ता तिरोको जग्गालाई आफ्नो भनी दावी लिने प्रतिवादीले दावीकै बाली लुटेको छैन होला भनी भन्न ठहराउन नमिल्ने । (प्रकरण नं. १०) (साविक पेज नं. ३५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4250वि.सं. २०४८संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

(१) अदालतबाट सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ७(४) बमोजिम पटक पटक थप गरी दिएको जम्मा पच्चीस दिनको म्याद २०४७।११।३ सम्म भई त्यसको भोलिपल्ट अर्थात २०४७।११।४ मा प्रहरी प्रतिवेदन दायर हुनु पर्नेमा सो दिन शनिवार परी त्यसको भोलिपल्ट २०४७।११।५ गते प्रहरी प्रतिव…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4249वि.सं. २०४८संयुक्त इजलास

उत्प्रेषण

(१) कुनै किसिमको विवाद उठी सो सन्दर्भमा सम्बन्धित पक्ष विपक्षीले कुनै कागज गरिदिए पनि त्यस्तो कागज गराउन वा लिन त्यस्तो विवाद निराकरण गर्न कानुनले अधिकार प्राप्त निकायले मात्र गर्न सक्ने । (प्रकरण नं. १०) (२) नाता कायम हुने किसिमको भान् पारी कागज गराउने वा त्य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4248वि.सं. २०४८संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

(१) अ.बं. ११८ को देहाय (२) लाई दृष्टिगत गर्दा श्री ५ को सरकार वादी भै चलेको ३ वर्ष वा सो भन्दा बढी कैदको सजाय हुन सक्ने अपराधमा अभियुक्तलाई थुनामा राखी पूर्पक्ष गर्न सक्ने भन्ने प्रावधान रहेको स्थितिमा लागू औषध सम्बन्धित कसूरको अपराधमा श्री ५ को सरकार वादी भै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4247वि.सं. २०४८संयुक्त इजलास

उत्प्रेषण मिश्रित प्रतिषेध

(१) बैंकसंग भएको संझौता वा शर्त कबूलियत पालना नगरेमा सुरक्षण बापत रहेको जायज्यथाबाट लिलाम बिक्री गरी बैंकले आफ्नो सावा असूल उपर गर्न वाणिज्य बैंक ऐन, २०३१ को दफा ४७(क) ले प्रदान गरेको अधिकारलाई प्रयोग गर्न सक्ने देखिँदा बैंकले गरेको काम कारबाहीले रिट निवेदकको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4246वि.सं. २०४८संयुक्त इजलास

अंश दपोट

(१) आफ्नो हकभोग नै नभएको जग्गालाई अंशबण्डा गर्नुपर्ने भनी तायदाती पेश गर्नु पर्छ भन्न कानुनसंगत नहुने र सो सम्पत्तिलाई अंशबण्डाको २७ नं. को प्रयोजनको लागि दवाए छपाएको भन्न नमिल्ने भई दपोट गरेको ठहर्‍याउन नमिल्ने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4245वि.सं. २०४८संयुक्त इजलास

बिगो असूल

(१) निवेदन माग बमोजिमको म्यादसम्ममा पनि पुनरावेदकले आफ्नो दायित्व पूरा गरेको नदेखिँदा पुनरावेदक प्रतिवादी स्वयंले दिएको निवेदनमा माग गरेको म्यादमा आफ्नो दायित्व पूरा नगरे पछि मुद्दा गर्नु पर्ने कारणको सृजना भएको देखिने । (प्रकरण नं. १२) (२) कमिशन दिन इन्कार गर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4244वि.सं. २०४८संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

(१) छाप कीर्ते गरे भन्ने मुद्दामा जिल्ला अदालतबाट पहिलो पटक म्याद थप भई (साविक पेज नं. ११) कानुनी कारवाही भइरहेको हुनाले गैरकानुनी थुनामा रहेको नदेखिने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4243वि.सं. २०४८संयुक्त इजलास

अंश दर्ता

(१) कुनै खास कुरा प्रमाणित गर्ने भार सो कुराको अस्तित्वमा अदालतलाई विश्वास दिलाउन चाहने व्यक्ति माथि नै हुनेछ भनी प्रमाण ऐन, २०३१ को दफा २८ मा उल्लेख भएको पाइन्छ सो बमोजिम वादीसंग मेरो वैबाहिक सम्बन्ध नरहेको निजबाट जन्मेको छोरी बालिका मेरो होइन भनी प्रमाणित गर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4242वि.सं. २०४८संयुक्त इजलास

दर्ता बदर हक कायम समेत

(१) केवल जालसाजी भनेकै आधारमा लिखतको प्रमाणिक अस्तित्व नरहने भन्न न्यायसंगत नहुने । (प्रकरण नं. १७) (२) वादीबाट सबूद प्रमाणसहित विवादित घरमा रहेको देवता महावली गुठीका देवताहरु र प्रतिवादी समेत सो गुठीका गुठियार रहेका छन् भनी दावी लिएकोमा म सो गुठीको गुठीयार पन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4241वि.सं. २०४८संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

(१) निवेदकको उद्योगले फाईवरबाट टप्स, टप्सबाट एक्रेलिक ऊनी धागो उत्पादन गरेको कुरामा विपक्षीबाट कुनै खण्डनसम्म भएको देखिएन, अतः उत्पादन शुरु गरेको मिति देखि ३ वर्षसम्म अन्तःशुल्क छुट पाउन पर्ने देखिनाले सो मिति भित्र अन्तःशुल्क माग गरेको कानुन प्रतिकूल हुँदा वि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4522वि.सं. २०४७संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

(१) अरुको जिम्मामा रहेको सरकारी हात हतियार खरखजानाको बदनियत चिताई दुरुपयोग गर्ने अभिप्राय लिएको देखिएकोले प्रहरी ऐन, २०१२ को दफा ३६ बमोजिम गठन भएको प्रहरी विशेष अदालतबाट भएको कैदको सजायँलाई सदर गर्ने गरेको अञ्चल प्रहरी विशेष अदालतको निर्णय कानुन बमोजिम भएको दे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4240वि.सं. २०४७एक न्यायाधीशको इजलास

उत्प्रेषण

(१) कानुनी प्रावधान अनुसार गुठी संस्थानलाई जिल्ला वा अञ्चल स्तरीय निकाय वा अधिकारीको रुपमा लिन नमिल्ने । (प्रकरण नं. ७) (२) विद्यमान कानुनी व्यवस्थाले निर्दिष्ट गरेको मार्ग अवलम्बन नगर्नेलाई कानुनी उपचार प्राप्त हुन नसक्ने । (प्रकरण नं. ७) (३) माग बमोजिम कारवा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4239वि.सं. २०४७एक न्यायाधीशको इजलास

परमादेश लगायत जो चाहिने आदेश जारी गरिपाउँ

(१) जिल्ला अदालतको विचाराधीनमा रहेको मुद्दाको विषयमा असाधारण अधिकार क्षेत्र प्रयोग गरी यस रिटनिवेदनबाट हेरी निर्णय गर्न उपयुक्त नहुँदा प्रत्यर्थीहरुबाट लिखितजवाफ मगाई रहनु नपर्ने । (प्रकरण नं. ४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4238वि.सं. २०४७संयुक्त इजलास

जग्गा खिचोला

(१) सबूद प्रमाणको समुचित मूल्याड्ढनबाट वादी दावी बमोजिमको जग्गामा प्रतिवादीहरुले खिचोला गरेको ठहर्‍याएको फैसलामा परिवर्तन गरिरहन नपर्ने । (प्रकरण नं. १८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4237वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेश

(१) तत्काल प्रचलित ऐन अनुसार दर्ता भएको निवेदक उद्योगलाई ऐनले प्रदान गरेको सुविधा निहित भएको मान्नु पर्दछ यस्तो सुविधा निहित उद्योगको हकमा संशोधित कानुनी प्रावधान आकर्षित हुन्छ भन्नु न्यायसंगत नहुने । (प्रकरण नं. २२) (२) औद्योगिक व्यवसाय ऐन, २०३८ को दोश्रो संश…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4236वि.सं. २०४७संयुक्त इजलास

कर्तव्य ज्यान

(१) फौज्दारी मुद्दामा प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम वादी दावी प्रमाणित गर्ने भार वादीको हो तर वादी श्री ५ को सरकारले प्रतिवादीले मृतकलाई कुटपिट गरेको सम्बन्धमा कुनै ठोस प्रमाण पेश गर्न सकेको छैन, प्रतिवादीले मृतकलाई कुटपिट गरेको सम्बन्धमा तथ्ययुक्त प्रमाणको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4235वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण तथा परमादेश

(१) मूल प्रश्नको निप्टारा यस अदालतबाट गर्ने र सहायक विवादको रुपमा रहेको प्रस्तुत विवादलाई लिएर मध्यस्थ समक्ष जाने गर्दा निवेदक कठिनाई एवं अन्यौलको स्थितिमा पर्न सक्दछ । उपलब्ध वैकल्पिक उपचार पनि समान रुपबाट वाञ्छित असर (Equally efficacious) पुर्‍याउने खालको हु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4234वि.सं. २०४७संयुक्त इजलास

लागू औषध

(१) अपराधसंग व्यक्तिको सहमति अथवा कृयात्मक व्यवहारबाट मात्र सम्बन्ध हुन सक्ने हुँदा प्रस्तुत मुद्दामा वादी पक्षले त्यस्तो सम्बन्ध रहेको तथ्य प्रमाणित गर्न सकेको पाइन्न र अपराधमा संलग्नता प्रमाणित नहुन्जेलसम्मको लागि वादी दावी बमोजिमको अपराध प्रतिवादीले गरेको ठ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4233वि.सं. २०४७संयुक्त इजलास

लेनदेन

(१) वाणिज्य बैंक ऐन, ०३१ को दफा ४२ मा “यस ऐन अन्तर्गतको मुद्दा मामिलामा शुरु कारवाही र किनारा गर्ने अधिकार अञ्चल अदालतलाई हुनेछ” भन्ने उल्लेख भएबाट यस ऐन अन्तर्गतका बैंक पक्ष वा विपक्ष भएका मुद्दाको शुरु कारवाही र किनारा गर्ने अधिकार अञ्चल अदालतलाई रहे भएको पा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4232वि.सं. २०४७संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

(१) फैसला अन्तिम रुपमा रहिरहेको, कानुन बमोजिम भएको फैसला यथास्थितिमा रहेसम्म निवेदकलाई लागेको कैद जरिवाना सम्बन्धमा अन्यथा विचार गर्न मिल्ने स्थिति नरहेको, जिल्ला अदालतबाट निवेदकलाई दिइएको थुनुवा पुर्जीको बारेमा निवेदकबाट कुनै प्रतिकृया समेत नजनाइएको अवस्थामा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4231वि.सं. २०४७एक न्यायाधीशको इजलास

बन्दीप्रत्यक्षीकरण लगाय जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउँ

(१) ऐनमा यति दिन भित्र पक्राउ हुन नसकेमा पछि पक्राउ गर्नु हुँदैन भनी किटानी व्यवस्था भएको पाइँदैन, तायदाती नदिई धिङन्याई गर्नेलाई ६ महीनासम्म थुनामा राख्न सकिने अंशबण्डाको २१ नं. मा व्यवस्था भएको हुँदा र तायदाती दिन सक्तिन भनी प्रतिवादीले कागज गरेको तथा थुनामा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4230वि.सं. २०४७संयुक्त इजलास

कीर्ते जालसाजी

(१) जालसाजी क्रियाद्वारा विवादित जग्गाको वादी पक्षको हितमा असर पर्ने गरी प्रतिवादीलाई फाइदा पुर्‍याउने मनसायले आपसमा जालसाजी क्रिया गरेको देखिन आएको हुँदा र प्र.ले वादी दावी बमोजिमका रसिदहरु जालसाजीपूर्ण तरीकाले खडा गरेको ठहराएको क्षे.अ. को फैसलामा त्रुटि देखि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4229वि.सं. २०४७संयुक्त इजलास

कर्तव्य ज्यान

(१) कैद ठोस सबूद प्रमाणको अभावमा कर्तव्य गरी मारेको भन्न नमिल्ने । (प्रकरण नं. ४४) (२) लाश बोकेकोमा इन्कार रहे तापनि घटनास्थलमा मौजूदै रहेको भनी सावित भएको र प्रतिवादी लाश बोकी फालेकोमा सावित भएको हुनाले यी प्रतिवादीहरुलाई ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम…

नजिर सार पढ्नुहोस् →