नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4245 · वि.सं. २०४८
नि.नं. 4245 — बिगो असूल
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) निवेदन माग बमोजिमको म्यादसम्ममा पनि पुनरावेदकले आफ्नो दायित्व पूरा गरेको नदेखिँदा पुनरावेदक प्रतिवादी स्वयंले दिएको निवेदनमा माग गरेको म्यादमा आफ्नो दायित्व पूरा नगरे पछि मुद्दा गर्नु पर्ने कारणको सृजना भएको देखिने । (प्रकरण नं. १२) (२) कमिशन दिन इन्कार गरेपछि मात्र मुद्दा गर्नु पर्ने कारण परेको मान्नु पर्ने । (प्रकरण नं. १२) (३) पुनरावेदक प्रतिवादीले सम्झौता बमोजिम २०४० साल आषाढ मसान्तसम्म बुझाउनु पर्ने खाद्यान्न बुझाउन नसकी ०४१ (साविक पेज नं. १३) ०४२ सालको जेष्ठ मसान्तसम्ममा बुझाउन म्याद मागी मिति २०४१।८।२० मा निवेदन दिएको देखिँदा सम्झौता बमोजिमको म्याद २०४० साल आषाढ मसान्तलाई मुद्दा गर्नुपर्ने कारण मान्न नमिल्ने । निवेदनमा माग गरेको म्याद २०४२ जेष्ठ मसान्तसम्म बुझाउन नल्याए पछि मात्र निजले आफ्नो दायित्व बहन गर्न इन्कार गरेको मान्नु पर्ने हुनाले २०४२ साल जेष्ठ मसान्तलाई नै मुद्दा गर्नुपर्ने कारण सृजना भएको मिति मान्नु पर्ने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4245 |
|---|---|
| मुद्दाको विषय | बिगो असूल |
| निर्णय वर्ष / मिति | 2047/11/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४८, नि.नं. 4245 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
