नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4522 · वि.सं. २०४९

नि.नं. 4522 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बक्क लाटोका एकाघरका बाबु र सहोदर भाइले निजको बयान निजको इशारा बमोजिम भएको ठीक छ भनी गरेको सनाखतबाट अ.बं. २४ नं. बमोजिम भएको हो भनी मान्नु पर्छ । जन्मे देखि एउटै घरका बाबु र भाइले लाटो छोरा दाजुको इशाराको अर्थ राम्ररी बुझेका हुन्छन् भन्ने कुराको सहजै अनुमान गर्न सकिने । (प्रकरण नं. ३८) (२) लाटो भए पनि आफूले गरेको कामको परिणाम जान्नै नसक्ने किसिमको लाटो पनि देखिँदैन, निजको क्रियाकलापले आफूले गरेको कामको परिणाम बुझ्न सक्ने किसिमको देखिँदा निजले मृतकलाई चक्कु प्रहार समेत गरी कुटेको परिणाम स्वरुप मृत्यु भएको हुँदा निजलाई आरोप बमोजिम ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसार जन्मकैदको सजायँ गर्ने गरेको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. ३८) (३) मृतकसंग कुनै पूर्व रीसइवी नभएको मार्ने पूर्व योजना पनि नभएको तथा अचानक उठेको रिसबाट कुटपिट गर्दा मरेको भन्ने घटनाको परिप्रेक्ष्यमा लाटो व्यक्तिलाई जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिँदा अ.बं. १८८ नं. बमोजिम कैद वर्ष १० मात्र सजायँ गर्ने ठहर्ने । (प्रकरण नं. ३८) (४) तिहारको अंध्यारो रातमा इशारा कसरी देखे बुझे भन्ने तथ्य पनि नखुलेबाट ज्यान जस्तो गम्भीर मुद्दामा त्यस्तो संदिग्ध रुपको कथनलाई सहजै ग्रहण गरी हाल्न अप्ठ्यारो हुने । (प्रकरण नं. ३९) (५) अन्य सबूदको समर्थनको अभावमा सहअभियुक्तको पोल मात्रको भरमा ज्यान जस्तो गम्भीर अपराधमा कसूरदार ठहराउन नमिल्ने । (प्रकरण नं. ३९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4522
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2049/03/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4522
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्