नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4237 · वि.सं. २०४७
नि.नं. 4237 — उत्प्रेषण मिश्रित परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) तत्काल प्रचलित ऐन अनुसार दर्ता भएको निवेदक उद्योगलाई ऐनले प्रदान गरेको सुविधा निहित भएको मान्नु पर्दछ यस्तो सुविधा निहित उद्योगको हकमा संशोधित कानुनी प्रावधान आकर्षित हुन्छ भन्नु न्यायसंगत नहुने । (प्रकरण नं. २२) (२) औद्योगिक व्यवसाय ऐन, २०३८ को दोश्रो संशोधन, २०४४ हुनु पूर्व इजाजत प्रमाणपत्र पाइसकेको निवेदक सेवा मूलक उद्योगले फोटो ग्राफिक व्यवसाय स्थापना र संचालन गर्नु भनी पैठारी गरेको यन्त्र उपकरण र औजारहरुमा सोही ऐन बमोजिम प्राप्त गरेको भन्सार र बिक्रीकर समेतको सुविधा पाउन सक्ने नै देखिने । (प्रकरण नं. २४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4237 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण मिश्रित परमादेश |
| निर्णय वर्ष / मिति | 2047/11/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४७, नि.नं. 4237 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
