(१) घरजग्गाको सम्बन्धमा अदालतमा मुद्दा परी कारवाही चलिरहेको अवस्थामा प्रहरीमा भएको कुनै पनि काम कारवाही लिखत समेतले कानुनी मान्यता प्राप्त गर्न नसक्ने । (प्रकरण नं. १२)
(१) जग्गा नाप जाँच ऐन, २०१९ को दफा ३ र ऐ.नियमावलीको नियम ३, ७, ८ र १२ बमोजिम एकाका नाउँमा नापी भएको जग्गाको नापी बदर गरी अर्कोको नाउँमा दर्ता गरी दिने निर्णय गर्ने अधिकार वन क्षेत्र सुदृढीकरण उच्चस्तरीय आयोगलाई प्रदान गरेको नदेखिने । (प्रकरण नं. १८)
(१) उद्योग दर्ता हुँदाको बखत औद्योगिक व्यवसाय ऐन बमोजिम उद्योगमा, निहित सुविधा उद्योग स्थापना भएपछि उद्योग सञ्चालनको लागि आवश्यक मेशिनरी पार्टपुर्जाहरु पैठारी गर्दा ऐनमा संशोधन हुँदैमा, उक्त संशोधन ऐनको व्यवस्था निवेदकको उद्योगलाई लागू हुन्छ भन्ने नदेखिने । (प…
(१) नेपाल निजामती सेवा ऐन, २०१३ को दफा ६ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश (ख) मा पर्चा खडा गर्ने व्यवस्था भए पनि आरोप के कस्ता हुन् सो खुलाउनु पर्दैन भन्ने छैन । आरोप स्पष्ट एवं किटानी हुनुपर्छ र प्रत्येक आरोप कुन कुरा र कारणमा आधारित छ सो समेत खुलाउनु…
(१) सक्कल लिखत हेर्दा रु. ९००।– भनी लेखिएको अंक अगाडि ९ अर्कै मसीले लेखी थपेको पाइन्छ । अक्षरले लेखिएको नौ हजार भन्ने शब्द पनि नौ सयको अगाडि कसिएर लेखी “नौ हर्जा” भन्ने लेखिएको देखिन्छ विशेषज्ञबाट जाँच गराउँदा उक्त अंक अक्षर थपिएको भन्ने समेत राय भई आएको र लिख…
(१) गाउँपञ्चायत अन्तर्गत परेको कारणले मात्रै निजी स्वामित्वमा रहेको पोखरीमा गाउँपञ्चायतले हस्तक्षेप गर्न नसक्ने । (प्रकरण नं. ११) (२) दाताको सन्तानले गाउँपञ्चायत समेत उपर जिल्ला अदालतमा सो पोखरीको हक बेहकमा मुद्दा दायर गरी सकेको देखिएको र ०४३ सालमा पोखरीको ठेक…
(१) कृषि सम्बन्धी किटनाशक औषधिलाई मात्र सीमित गर्न खोजेको भए सोही कुरा स्पष्ट उल्लेख हुनु पर्ने सो नभई अन्य वस्तुहरुको विवरणमा साथै किटनाशक औषधि भनी उल्लेख गरेबाट सबै किसिमका किटनाशक औषधि भनी उल्लेख गरेबाट सबै किसिमका किटनाशक औषधिमा अतिरिक्त भन्सार नलाग्ने देख…
(१) नापी र जग्गाधनी प्रमाण पुर्जा समेतबाट जग्गा भित्रै विवादित जग्गा परेको देखिन आएकोले सो मा खिचोला गरेको ठहर्याएको शुरु जिल्ला अदालत अञ्चल अदालतको इन्साफ सदर गरेको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. १७)
(१) हक कायम मुद्दाबाट वादीहरु सम्पत्तिको हक खाने हकदार नठहरी फैसला भइसकेपछि हामी पनि हक खाने हकदार हौं भनी प्रतिवादीले आफ्नो नाउँमा एकलौटी दर्ता गराएको बदर गरी पाउँ भन्ने वादीहरुको दावी पुग्न नसक्ने । (प्रकरण नं. १५)
(१) अघि नसिहत दिएको भन्ने आधार देखाइएमा सो पछि निजको बढुवा समेत भइसकेको देखिएकोले सो आधार कानुनी नदेखिने । (प्रकरण नं. ९) (२) मुद्दा मामिला तथा झै झगडामा आर्थिक लाभ उठाउने गरेको भए भ्रष्टाचार गरेको प्रमाणित हुने सबूद पुर्याउन नसकिने भए के कुन मुद्दा मामिला तथ…
(१) निवेदकले घर बन्न लागेको जग्गाको स्वामित्वमा दावी गर्न सकेको देखिँदैन । नक्शा पास गर्दा पनि जग्गा भन्दा बाहिरको जग्गामा घर बनाउन नक्सा पास गरी दिएको पाइएन । यस्तो अवस्थामा जग्गाको तेरो मेरो भन्ने प्रश्न उठेको भन्न नमिल्ने । (प्रकरण नं. ८)
(१) कानुनले दिएको बाटाको म्याद बाहेकको अरु कुनै छूटबाट थुनामा राखी व्यक्तिको मौलिक हक कुण्ठित गर्न नसकिने । (प्रकरण नं. १०) (२) कानुनले व्यक्तिको स्वतन्त्रता कुण्ठित गर्न अधिकार पाएकाले, आफ्नो अधिकार प्रयोग गर्दा व्यक्तिको अधिकार समेत प्रति चनाखो भई संविधान प्…
(१) सफाइको बारेमा पहिलो स्पष्टीकरण एउटा आरोपमा र सजायँ प्रस्तावित गर्दा अर्को आरोपमा दोश्रो स्पष्टीकरण माग गरेकोले सफाइको मौका नदिएको आरोपमा सजायँ प्रस्तावित गरेको देखिँदा यी सबै कारवाहीहरु कानुन अनुकूल नहुँदा यस्ता कारवाहीहरुलाई कानुन सम्मत भन्न नमिल्ने । (प्…
(१) अंश र जग्गा मुद्दामा कारवाही किनारा गर्ने अधिकार प्र.जि.अ. लाई कानुनले दिएको पाइन्न, आफ्नो अधिकारको अतिक्रमण गरी त्यस्तो कागज गराएको भए पनि त्यस्तो कागज अनधिकृत भई मान्यता समेत पाउन सक्ने अवस्थाको नदेखिने । (प्रकरण नं. ८)
(१) निवेदकले पुनरावेदनको अनुमतिको लागि दिएको निवेदन एवं पुनरावेदनमा जुन वतन लेखेको छ सोही वतनमा अदालतबाट म्याद जाने । (प्रकरण नं. १७) (२) वतन परिवर्तन भएको जानकारी औपचारिक रुपमा निवेदकले अदालतलाई दिएको प्राप्त मिसिलबाट देखिन्न, यस्तो अवस्था निवेदकले पू.क्षे.अ.…
(१) विवाहित लोग्ने बाहेकका पर पुरुषसंगको अनुचित सम्बन्धबाट गर्भ रहन गई जन्मेको जातक बच्चालाई अरुले देखे थाहा पाए बेइज्जत हुन्छ भन्ने लागी लोकापवादबाट मुक्त हुन नवजात शिशुलाई कर्तव्य गरी मारेको भन्ने देखिँदा घटी सजायँको लागि क्षेत्रीय अदालतले लगाएको राय मनासिब…
(१) मर्ने घरभित्र सुती निदाएका अवस्थामा मार्ने नियतबाट प्रतिवादीले घरमा आगो लगाई दिई सो आगोले पोलेको पीरबाट मृत्यु भएको देखिँदा ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने ठहराएको इन्साफ मनासिब हुने । (प्रकरण नं. १५)
(१) दण्ड सजायँको ३८ नं. मा उल्लेख भएको कैदको हद भन्ने वाक्यांशले ऐन ऐनमा लेखिएका कैदको उपल्लो हदलाई मान्नु पर्ने । (प्रकरण नं. ११) (२) निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ५(१) बमोजिम एकवर्ष कैद र बिगो बमोजिम जरिवाना नतिरे जरिवाना बापत ४ वर्ष कैद गर्ने लग…
(१) प्रमुख जिल्ला अधिकारीलाई लेनदेन विषयमा हक बेहकको कागज गराउने अख्तियार कुनै पनि नेपाल कानुनले प्रदान गरेको नदेखिने । (प्रकरण नं. १२) (२) कुनै पनि अधिकारीले कुनै पनि काम कारवाही गर्दा आफ्नो अख्तियारी भित्र रहेर गर्नुपर्ने, बिना अख्तियारी गरेको काम कारवाहीको…
(१) नोकरीबाट बर्खास्त गर्ने गरी निर्णय गर्दा स्पष्टीकरणको माग गर्नु पर्नेमा शुरुमा तल्लो अभियोगमा स्पष्टीकरण सोधेको कुरालाई आधार मानी स्पष्टीकरण माग गरी रहनु नपर्ने भनी खडा गरेको पर्चा मनासिब नभएको र निवेदकलाई बर्खास्त गर्ने सजायँ गर्ने अधिकारी नियमावलीमा प्रह…
(१) सूचना मिति ०४३।१।१५ मा प्रकाशित भएको र कर कार्यालय विराटनगरबाट आ.ब. ०४१।४२ को आयकर निर्धारण गरेको देखिँदा सो सूचनाबाट आ.व. ०४१।४२ को आयमा कर असूल गर्न नमिल्ने हुनाले कर कार्यालय विराटनगरबाट ०४६।६।३ मा आयकर र जरिवाना निर्धारण गरेको उक्त निर्णय पर्चा त्रुटिप…
(१) शिक्षक पदबाट बर्खास्त भइसकेको व्यक्तिलाई बर्खास्तीको निर्णय बदर नभए सम्म हाजिर गराउनु भन्न नमिल्ने । (प्रकरण नं. ११) (२) रिटनिवेदनमा निवेदकले बर्खास्ती उपर कुनै जिकिर लिएको नदेखिँदा त्यस सम्बन्धमा बोल्न नमिल्ने र निवेदकले पाउनु पर्ने तलब भत्ता रकम नपाएको भ…
(१) परपुरुषसंगको सहवासबाट गर्भ रहन गई जातक जन्मेको र अभियुक्त हात खुट्टा नचल्ने कुंजी भएको तथा लोकापवादबाट समेत बच्नसम्म कर्तव्य गरी मारेको भन्ने देखिँदा पूर्व योजना बनाई रिसइवी समेतको कारणबाट कर्तव्य गरी मारेको भन्ने देखिँदैन तसर्थ घटी सजायँको लागि राय लगाएको…