नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4209 · वि.सं. २०४७

नि.नं. 4209 — बन्दीप्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) दण्ड सजायँको ३८ नं. मा उल्लेख भएको कैदको हद भन्ने वाक्यांशले ऐन ऐनमा लेखिएका कैदको उपल्लो हदलाई मान्नु पर्ने । (प्रकरण नं. ११) (२) निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ५(१) बमोजिम एकवर्ष कैद र बिगो बमोजिम जरिवाना नतिरे जरिवाना बापत ४ वर्ष कैद गर्ने लगत दिएको कानुन अनुरुप नै देखिँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4209
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2044/03/25
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारीको राय भई मिति २०४३।१२।८ मा निर्णय भएको रहेछ । | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय र उक्त ऐनमा वर्ष एक कैद गर्ने व्यवस्थालाई नै उपल्लो हद तोकेको मान्नु पर्ने भन्ने माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारीको राय भई राय नमिली यस इजलास समक्ष पेश हुन आएको देखियो । | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4209
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्