नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4211 · वि.सं. २०४७
नि.नं. 4211 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) विवाहित लोग्ने बाहेकका पर पुरुषसंगको अनुचित सम्बन्धबाट गर्भ रहन गई जन्मेको जातक बच्चालाई अरुले देखे थाहा पाए बेइज्जत हुन्छ भन्ने लागी लोकापवादबाट मुक्त हुन नवजात शिशुलाई कर्तव्य गरी मारेको भन्ने देखिँदा घटी सजायँको लागि क्षेत्रीय अदालतले लगाएको राय मनासिब देखिँदा अपराध गर्दाको अवस्थाको विचारबाट समेत प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(३) नं. का ऐन बमोजिम सर्वश्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिन आएकोले निज प्रतिवादीलाई अ.बं. १८८ नं. बमोजिम कैद वर्ष ५ पाँच मात्र सजायँ हुने । (प्रकरण नं. २१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4211 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2047/09/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४७, नि.नं. 4211 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
