नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4208 · वि.सं. २०४७

नि.नं. 4208 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) प्रमुख जिल्ला अधिकारीलाई लेनदेन विषयमा हक बेहकको कागज गराउने अख्तियार कुनै पनि नेपाल कानुनले प्रदान गरेको नदेखिने । (प्रकरण नं. १२) (२) कुनै पनि अधिकारीले कुनै पनि काम कारवाही गर्दा आफ्नो अख्तियारी भित्र रहेर गर्नुपर्ने, बिना अख्तियारी गरेको काम कारवाहीको कुनै मान्यता हुँदैन । तसर्थ अनाधिकृत प्रमुख जिल्ला अधिकारीबाट गराइएको मिलापत्रको कागज र सोको आधारमा गरेको अन्य काम कारवाही गैरकानुनी हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १२) (३) अनाधिकृत व्यक्तिबाट गराएको गैरकानुनी लिखतको आधारमा गरिने कुनै पनि काम कारवाहीको कानुनी महत्व नहुने भई जग्गा रोक्का राखेको समेत गैरकानुनी हुँदा सो रोक्का आदेश समेत बदर हुने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4208
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2047/02/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4208
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्