नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4221 · वि.सं. २०४७
नि.नं. 4221 — परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कृषि सम्बन्धी किटनाशक औषधिलाई मात्र सीमित गर्न खोजेको भए सोही कुरा स्पष्ट उल्लेख हुनु पर्ने सो नभई अन्य वस्तुहरुको विवरणमा साथै किटनाशक औषधि भनी उल्लेख गरेबाट सबै किसिमका किटनाशक औषधि भनी उल्लेख गरेबाट सबै किसिमका किटनाशक औषधिमा अतिरिक्त भन्सार नलाग्ने देखिँदा निवेदकले आयात गरेको ईन्सेक्टी साईट, एन्टीमास्कीटो क्वायल, एण्टीमास्कीटो टेवलेट्स र सि.सि.डी.एन. मा भन्सार कार्यालय विराटनगरले २५% प्रतिशत थप अतिरिक्त भन्सार महसूल तथा ५% प्रतिशतले बिक्रीकर समेत लगाएको कानुनको प्रतिकूल हुँदा उक्त लगाएको अतिरिक्त भन्सार तथा बिक्रीकर निर्धारण उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4221 |
|---|---|
| मुद्दाको विषय | परमादेश |
| निर्णय वर्ष / मिति | 2047/08/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४७, नि.नं. 4221 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
