नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4243 · वि.सं. २०४८

नि.नं. 4243 — अंश दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कुनै खास कुरा प्रमाणित गर्ने भार सो कुराको अस्तित्वमा अदालतलाई विश्वास दिलाउन चाहने व्यक्ति माथि नै हुनेछ भनी प्रमाण ऐन, २०३१ को दफा २८ मा उल्लेख भएको पाइन्छ सो बमोजिम वादीसंग मेरो वैबाहिक सम्बन्ध नरहेको निजबाट जन्मेको छोरी बालिका मेरो होइन भनी प्रमाणित गर्ने भार प्रतिवादीको रहेको । (प्रकरण नं. १०) (२) वादीलाई अंश दिन पर्ने होइन भन्ने सबूद प्रमाण प्रतिवादीले पेश गर्न सकेको मिसिलबाट देखिन नआएकोबाट वादीले प्रतिवादीबाट अंश नपाउने भन्न नमिल्ने । (प्रकरण नं. ११) (३) नागरिकले न्याय सर्वसुलभ र सहज (साविक पेज नं. ८) तरिकाले नै प्राप्त गर्नु पर्दछ भन्ने न्यायिक सिद्धान्त रहेको क्षेत्रीय अदालतबाट प्रस्तुत मुद्दामा अंशको तायदाती लिई बण्डा छुट्याई दिने जस्तो व्यावहारिक कार्य न्यायिक सिद्धान्तको अनुकूल नै देखिने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4243
मुद्दाको विषयअंश दर्ता
निर्णय वर्ष / मिति2047/12/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4243
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्