नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4235 · वि.सं. २०४७
नि.नं. 4235 — उत्प्रेषण तथा परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मूल प्रश्नको निप्टारा यस अदालतबाट गर्ने र सहायक विवादको रुपमा रहेको प्रस्तुत विवादलाई लिएर मध्यस्थ समक्ष जाने गर्दा निवेदक कठिनाई एवं अन्यौलको स्थितिमा पर्न सक्दछ । उपलब्ध वैकल्पिक उपचार पनि समान रुपबाट वाञ्छित असर (Equally efficacious) पुर्याउने खालको हुनु पर्ने । (प्रकरण नं. १०) (२) मौलिक हकको सम्बन्धमा अन्य उपचार भए पनि असाधारण अधिकार क्षेत्रको प्रयोग गर्न मिल्ने । (प्रकरण नं. १०) (३) आफ्नो उद्योगमा जडान गर्न ल्याएको मेशिनलाई बिक्री गर्न ल्याएको व्यापारिक वस्तुको श्रेणी एवं व्यापारिक परिमाणमा राख्न मिल्दैन र यस्तो मेसिन चुंगीकरको प्रयोजनको लागि छूट पाएको वस्तु रहेछ भनी मान्नु पर्ने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4235 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण तथा परमादेश |
| निर्णय वर्ष / मिति | 2047/11/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४७, नि.नं. 4235 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
