नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4242 · वि.सं. २०४८

नि.नं. 4242 — दर्ता बदर हक कायम समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) केवल जालसाजी भनेकै आधारमा लिखतको प्रमाणिक अस्तित्व नरहने भन्न न्यायसंगत नहुने । (प्रकरण नं. १७) (२) वादीबाट सबूद प्रमाणसहित विवादित घरमा रहेको देवता महावली गुठीका देवताहरु र प्रतिवादी समेत सो गुठीका गुठियार रहेका छन् भनी दावी लिएकोमा म सो गुठीको गुठीयार पनि होइन, आफू बसी आएको घरमा रहेको देवता सो गुठीको देवता पनि होइन भनी आधिकारिक रुपबाट पुष्टी गर्न सकेको नदेखिँदा प्रतिवादीको पुनरावेदन जिकिर कानुनसंगत मान्न (साविक पेज नं. ४) नसकिने । (प्रकरण नं. १८) (३) मुद्दा परी सिर्जना भएको भनिएको हकले प्रस्तुत मुद्दाको वादीहरु समेतको प्रमाणित हकलाई कुण्ठित गर्न नसक्ने । (प्रकरण नं. १९) (४) विवादित घरमा आगन देवता नरहेको र प्रतिवादी पनि सो गुठीको गुठियार नरहेको नभएको भए, प्रतिवादी समेतको हक लाग्ने भनी वादीहरुले आफ्नो दावीमा उल्लेख गरेकोबाट पनि विवादित घर प्रतिवादीको एकलौटी हक भोगको भन्न मान्न सबूद प्रमाणको अभावमा मिल्ने नदेखिने । (प्रकरण नं. २०) (५) निर्विवाद सबूद प्रमाणको अभावमा अचल सम्पत्ति माथि हक कायम हुन नसक्ने । (प्रकरण नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4242
मुद्दाको विषयदर्ता बदर हक कायम समेत
निर्णय वर्ष / मिति2047/12/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4242
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्