कुटपिटको जरियाबाट उठेको विवादलाई प्रतिशोधपूर्ण तवरबाट जबरजस्ती करणीको वारदातको रूपमा अगाडि सारिएको अवस्थामा नारी अस्मिताको प्रश्न अगाडि सारेर एक प्रकारको घटनालाई तोड-मरोड गरी कसुरको गम्भीरता देखाउनु र फौजदारी न्यायसम्बन्धी राज्यका संयन्त्रलाई निजी स्वार्थमा प्…
आफूउपरको कसुर इन्कार गर्ने तर अर्को प्रतिवादीलाई भने दोषारोपण गरी पोल गरेकै आधारमा अन्य स्वतन्त्र प्रमाणको अभावमा कसैलाई पनि कसुरदार ठहर गर्नु न्यायोचित नहुने । (प्रकरण नं.८) प्रतिवादीको साथबाट नगद बरामद नभएको र अन्य स्वतन्त्र प्रमाणबाट निजउपरको कसुर पुष्टि नभ…
लागु औषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत निषेधित लागु औषध राखी ओसारपसार गर्न प्रयोग गरिएका सवारी साधन जफत हुने देखिए तापनि त्यस्तो सवारी अन्य व्यक्तिको भई सम्बन्धित सवारीधनीलाई निजको सवारी सो अपराध गर्न प्रयोग गरिने भन्ने थाहा जानकारी नभएको अवस्थामा त्यस्तो सवार…
व्यक्तिगत पहलमा उच्च शिक्षा अध्ययनको प्रक्रियामा भाषा अध्ययनका लागि स्वीकृतिपत्र नदिएको कार्य संवैधानिक तथा कानूनी व्यवस्थाको प्रतिकूल हुने । (प्रकरण नं.९) शिक्षा दिने भन्ने कुराको छनौट गर्ने अधिकार संविधान तथा विश्वव्यापी घोषणापत्रसमेतले प्रत्याभूत गरेको अवस्…
शेषपछिको बकसपत्रको लिखत बदर नभएको अवस्थामा मठ मन्दिरको जग्गालाई सार्वजनिक जग्गा मान्नुपर्ने । (प्रकरण नं.६) मन्दिरको जग्गा सार्वजनिक हुने भएकोले उक्त जग्गा मनखपको लिखत भएको भन्ने आधारमा कसैले पनि अनन्तकालसम्म यस्तो जग्गाको भोगाधिकार पाउँछ भन्नु न्याय र तर्कसङ्…
जग्गा सार्वजनिक कायम हुने देखिएको अवस्थामा सो जग्गा जे जुन प्रक्रियाबाट व्यक्तिको निजी कायम गरी दर्ता भएको भए पनि त्यस्तो दर्ताले कानूनी मान्यता पाउन नसक्ने । जग्गाको मूल स्रोत नै वैध नभएको अवस्थामा त्यस्तो जग्गा कित्ताकाट गरी अन्य व्यक्तिलाई हस्तान्तरण गरेकै…
सुर्ती र गुट्खाजस्ता सुर्तीजन्य पदार्थको बट्टा र प्याकेट राख्ने पेटी, पार्सल र प्याकेजिङको मुख्य माथिल्लो भागको अगाडि र पछाडिको नब्बे प्रतिशत भागमा घातक रङ्गीन चित्र र चेतावनीमूलक सन्देश छाप्नु तथा अङ्कित गर्नुपर्ने व्यवस्थाले नेपाल यस विषयमा अति संवेदनशील रहे…
रोडा, गिट्टी, ढुङ्गा र बालुवासमेतलाई उत्खनन गरेर विकासको कार्यमा सदुपयोग गर्दा प्राकृतिक वातावरणको स्वच्छतालाई पनि कायम राख्नुपर्ने । वातावरणलाई नराम्ररी प्रभावित बनाउने गरी उद्योग र विकासको कार्यलाई मात्र प्राथमिकता र बढावा दिनु नहुने । प्राकृतिक साधन र स्रोत…
कारोबार वा व्यवसायसँग सम्बन्धित व्यक्तिले आफ्नो व्यावसायिक आवश्यकताअनुसार गरेको कारोबार स्थलको सजावट, डिजाइन, पेटेन्ट, डेकोरेसन वा लोगोलाई आयकर ऐनको प्रयोजनार्थ केवल आँखाले देख्न सकिने अस्तित्वमा रहेको आधारमा मात्र भौतिक अस्तित्वका वस्तुको रूपमा गणना गर्नुलाई…
बण्डापत्रमा रहेको सीमित शब्दावलीको सापेक्षतामा नैसर्गिक हक रहने पैतृक सम्पत्तिबाट बञ्चित हुने गरी बण्डा नलाग्ने वा उल्लिखित जग्गा अबण्डा होइन भनी अर्थ गर्दा अंशबण्डासम्बन्धी अवधारणा र सोसम्बन्धी कानूनी व्यवस्थाको प्रयोगमा संकुचन आउने अवस्था सिर्जित हुन पुग्ने…
धार्मिक आस्था र विश्वासको अधिकार व्यक्ति वा समुदायको विशुद्धः निजी मामिला हुने । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कानूनले संरक्षण गरेको धर्म / संस्कृतिको अभ्यास र अवलम्बन गर्न पाउने अधिकारअन्तर्गत धार्मिक विश्वासको स्वतन्त्रतालाई सार्वजनिक रूपमा प्रकट गर्ने, पूजा…
मुलुकी अपराध संहिता, २०७४ को दफा २१९(१) र (२) अन्तर्गत सोही संहिताको दफा ३४ को उपदफा (१) बमोजिम जबरजस्ती करणीको उद्योगमा मुद्दा दायर भएकोमा सो नठहरी मुलुकी अपराध संहिता, २०७४ को दफा २२४ को यौन दुर्व्यवहारको मुद्दामा परिणत गर्दा वा मुद्दा चल्ने हुँदा पनि मुलुकी…
संयुक्त रूपमा मिलेर गरिने आत्महत्या ९क्गष्अष्मभ एबअत० मा दुवै पक्षले मर्नेसम्मको सबै काम गरेका हुन्छन र यदि कोही कसैको जीवन बच्दछ भने पनि तेस्रो पक्षको हस्तक्षेप वा नयाँ परिस्थितिको सिर्जना भएका कारणले मात्र त्यो सम्भव भएको हुन्छ । सामान्य व्यक्तिका आँखाबाट हे…
सेवा अवधि जोडिने वा नजोडिने कुराले सेवाबाट अलग हुँदा वा निवृत्त हुँदा पाउने सुविधामा प्रतिकूल असर पर्ने । कर्मचारीको हकमा नियमावलीको व्यवस्थाको सकारात्मक रूपमा व्याख्या गरिनुपर्ने । अन्य व्यक्तिलाई सोबमोजिमको सुविधा दिइएको छ वा छैन भन्ने कुराले नियमावलीले व्यव…
मन्त्रिपरिषद्को निर्णयले नियुक्त भएकालाई मन्त्रीले पदबाट हटाउँदा त्यस्तो मन्त्रीलाई नेपाल सरकारको कार्य सम्पादन नियमावलीबमोजिम वा नेपाल सरकारले अधिकार प्रत्यायोजन गरेबमोजिम हुनुपर्ने । मन्त्रिपरिषद्बाट नियुक्त भएको अवस्थामा कार्य सम्पादन नियमावलीमा वा नेपाल स…
सगोलमा रहँदा सामूहिक प्रयासबाट आर्जित सम्पत्तिमा सबै अंशियारको अंश भाग लाग्ने देखिने । यदि सम्पत्तिको केही भाग निजी थियो भने पनि त्यसलाई सामूहिक सम्पत्तिमा मिसाइयो भने (blended in common stock) सो सम्पत्तिलाई सबै अंशियारको अंश हक लाग्ने सगोलको सम्पत्ति भनी मान…
चुलो मानो छुट्टिएको मितिअगावै राजीनामाको बेहोराबाट खरिद गरेको सम्पत्ति सबै अंशियारको सगोलको सम्पत्ति रहेछ भनी अदालतले अनुमान गर्ने । (प्रकरण नं.४) एकासगोलमा रहेका अंशियारका नाममा मानो छुट्टिएको मितिअगावै राजीनामाको बेहोराबाट खरिद गरिलिएको सम्पत्तिमा वादीको अंश…
सिफारिस वा सनाखतउपर शङ्का लागेमा वा नागरिकताको प्रमाणपत्र नै प्राप्त गरेपछि पनि कुनै गलत तवरले नभएको झुठा विवरण पेस गरी नागरिकताको प्रमाणपत्र प्राप्त गरेको अवस्थामा जुनसुकैबेला पनि कानूनबमोजिम कारबाही हुन सक्ने । पेस भएको विवरणलाई झुठा हो पनि नभन्ने र नागरिकता…
निजी कम्पनीका सञ्चालकलाई सञ्चालक समितिको बैठकको सूचना नदिई वा अल्पमतमा रहेका सेयरधनीलाई नै जानकारी नदिई सेयर दाखिला खारेज गर्ने निर्णय अल्पमतमा रहेका सेयरधनी (minority shareholder) को संरक्षणका सम्बन्धमा बहुमतका सेयरधनीले पालना गर्नुपर्ने उच्चतम परमविश्वासको क…
ज्यान मार्ने उद्देश्यले साङ्घातिक प्रहार गरेको र कुटपिट गरेको कसुर फरक हुने । एउटै वारदातमा पनि विविध घटनाको कसुर हुन सक्ने हुँदा सोहीबमोजिम कसुरअनुसारको अनुसन्धान र अभियोजन गरिनुपर्ने । कुनै पनि कसुरलाई कसुरदारले गरेको कार्यको सिर्जित परिणामबाट हेरिनुपर्ने र…
कुनै काम गर्ने वा नगर्ने भन्ने सर्त राखी करार वा सर्तनामा गरिएकोमा कारणवश त्यस्तो करारनामा बदर भएमा करारबमोजिम लिए खाएको नगद वा जिन्सी फिर्ता गर्नु नपर्ने भन्ने तर्क समन्यायको दृष्टिले समेत उचित मान्न नसकिने । करारका पक्षले करारबमोजिमको दायित्व पनि पूरा नगर्ने…
क्षतिपूर्ति निर्धारण गर्दा सम्बन्धित अधिकारीहरूले अधिग्रहण गर्न लागेको जग्गाको अवस्थिति, हाल उपयोग भइरहेको क्षेत्र, बजार मूल्य, वरिपरिको जग्गाको मूल्य, मालपोत कार्यालयले निर्धारण गरेको मूल्य वा क्रेता र बिक्रेताले तय गरेको मूल्य आदि कुराहरू हेरी क्षतिपूर्ति नि…
बैंकको खाता सञ्चालकलाई खातामा के कति रकम मौज्दात छ, के कति रकमको चेक खिच्दा सोको भुक्तानी हुन सक्दछ भन्नेलगायतका खातासँग सम्बन्धित सम्पूर्ण कुराको विवरण र जानकारी प्राप्त हुन्छ । यसरी सम्पूर्ण विवरणको जानकार व्यक्तिले खातामा रहेको मौज्दातले नखाम्ने अङ्कको चेक…
घरसारको लिखत छ भन्दैमा मात्र स्वत: उक्त लिखतले मान्यता पाउन नसक्ने । उक्त लिखत वैधानिक र वास्तविक व्यवहारमा लागु हुने खालको हुनुपर्ने । लिखत गर्नुको तर्कसङ्गत र कानूनसङ्गत आधार कारणसमेत खुलेको हुनुपर्ने । (प्रकरण नं.५) जग्गामा हक कायम हुने गरी गरिने घरायसी लिख…