नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10966 · वि.सं. २०७९

नि.नं. 10966 — दर्ता बदर दर्ता हक कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

घरसारको लिखत छ भन्दैमा मात्र स्वत: उक्त लिखतले मान्यता पाउन नसक्ने । उक्त लिखत वैधानिक र वास्तविक व्यवहारमा लागु हुने खालको हुनुपर्ने । लिखत गर्नुको तर्कसङ्गत र कानूनसङ्गत आधार कारणसमेत खुलेको हुनुपर्ने । (प्रकरण नं.५) जग्गामा हक कायम हुने गरी गरिने घरायसी लिखत एक संवेदनशील विषय हो । कुनै पनि जग्गामा कानूनबमोजिमको हकको स्रोत पुष्टि नभई त्यस्तो जग्गा उपर व्यक्तिको कुनै प्रकारको हक स्थापित हुन सक्दैन । कुनै जग्गामा कानूनबमोजिमको हक स्थापित हुनका लागि सोहीबमोजिमकै स्रोत हुन आवश्यक हुने । (प्रकरण नं.५ र ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10966
मुद्दाको विषयदर्ता बदर दर्ता हक कायम
निर्णय वर्ष / मिति2079/03/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री इश्वरीप्रसाद गौतम | माननीय न्यायाधीश श्री माधवप्रसाद पोखरेल
मुद्दा नं.०७३-CI-११६१
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10966
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्