सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २४ / ४४०

नि.नं. 10965वि.सं. २०७९संयुक्त इजलास

लेनदेन

लेनदेनको विषयमा सर्वाधिक महत्त्वपूर्ण प्रमाण तमसुक लिखत नै हो । वादीले पेस गरेको दाबीको लिखत अन्यथा प्रमाणित नभएसम्म सद्दे नै मान्नुपर्ने । विशेषज्ञबाट परीक्षण हुँदासमेत लिखत जालसाज हो भन्ने स्पष्ट हुन नआएको अवस्थामा अदालतले अनुमानकै भरमा वादीबाट पेस भएको लिखत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10964वि.सं. २०७९संयुक्त इजलास

लेनदेन (कारोबार)

किस्ताको भाखा आसामीले नघाई उक्त किस्ता रकम नतिरेको अवस्थामा आफूले लगानी गरेको रकम उठाउनका लागि सम्बन्धित साहुले आसामीउपर मुद्दा दायर गरी कानूनी उपचार खोज्न नपाउने वा सम्पूर्ण रकम तिर्ने बुझाउने भाखा नाघेपछि मात्र नालिस गर्न पाउने भन्ने कुरा न्यायोचित नहुने । (…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10963वि.सं. २०७९संयुक्त इजलास

छुट जग्गा दर्ता नामसारी

एकै कित्ताको जग्गामध्ये केही जग्गा नापी गराउन सक्नेले सोही चक्लाभित्रको अन्य केही जग्गा छुट भएको भनी दाबी लिँदा त्यसरी तत्काल नापी गराउन छुट हुनुपर्नाका तर्कसम्मत आधार प्रस्तुत गरेको हुनुपर्ने । बिना मनासिब आधार र कारण केवल नापीमा छुट भएको जिकिर लिँदैमा त्यस्त…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10962वि.सं. २०७९संयुक्त इजलास

भ्रष्टाचार (नक्कली प्रमाणपत्र)

कुनै प्रमाणपत्र सक्कली वा नक्कली हो भन्ने ठहर प्रमाणपत्र जारी गर्ने सम्बन्धित परीक्षा बोर्ड वा सम्बन्धित शिक्षा परिषद्‌बाट नै हुने । त्रिभुवन विश्वविद्यालय, रेक्टरको कार्यालय, पाठ्यक्रम विकास केन्द्रले भारतको महाविद्यालयबाट ल्याएको प्रमाणपत्रमा समकक्षता (Equiv…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10961वि.सं. २०७९संयुक्त इजलास

उत्प्रेषण

मुख्य भई कामकाज गरेकोमा बाहेक अरू अवस्थामा एकाघरका उमेर पुगेको कुनै व्यक्तिले कुनै व्यवहार गरेको रहेछ भने निजले आफूले पाउने धनमा निजको हक नपुगेसम्म साहुले सो धनमा समाउन नपाउने । परिवारका कुनै एक सदस्यले अन्य सदस्यहरूलाई थाहा जानकारी नदिई आफूखुसी ऋण लिँदै जाने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10960वि.सं. २०७९संयुक्त इजलास

अंश चलन

अंशियारहरूबिचको आपसी व्यवहार, निजहरूका नाममा कायम भएको छुट्टाछुट्टै दर्ता स्रेस्ता, निजहरूबिच भएको आपसी कारोबार, निजहरूको बसाइको अवस्था तथा समयको अन्तराल जस्ता कुराहरूलाई आधार मानी व्यवहार प्रमाणबाट छुट्टी भिन्न भएको वा नभएको निष्कर्षमा पुग्नु पर्ने । व्यवहार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10959वि.सं. २०७९संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

विधायिकाद्वारा निर्मित कानूनले कुनै निकायलाई अधिकार सम्पन्न बनाएको छ तर त्यस्तो निकाय कुनै कारणवश निष्प्रभावी देखिन्छ भने त्यस अवस्थामा अनुगमन र मूल्याङ्कन गरी सुशासनको प्रत्याभूति दिन आवश्यक निर्देशन दिन सक्ने । (प्रकरण नं.५) दुई मित्र राष्ट्रबिचको सम्बन्धमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10958वि.सं. २०७९संयुक्त इजलास

भ्रष्टाचार (घुस / रिसवत)

भ्रष्टाचारको कसुरमा गोप्य अनुसन्धान गर्दा सुराकीको प्रयोग गर्ने, सङ्कित व्यक्तिउपर सूक्ष्म निगरानी गर्ने, कुनै सेवाग्राही र राष्ट्रसेवकबिच रिसवत लेनदेन भएको अवस्थामा सो रकम बरामद गरी प्रमाण पेस गर्ने, प्रविधिको माध्यमबाट श्रव्य दृश्य तयार पार्ने, आर्जित सम्पत्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10957वि.सं. २०७९संयुक्त इजलास

लागु औषध

दुर्व्यसनीले आफूलाई चाहिने डोजका लागि पुग्ने मात्राको परिणामको लागु औषध राख्नुलार्इ अस्वाभाविक मान्न नसकिने र बरामद लागु औषधको परिणाम बिक्री व्यवहारको लागि खरिद गरेको भन्नलाई अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि नभएको अवस्थामा निज प्रतिवादीले कारोबारका लागि लागु औष…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10956वि.सं. २०७९संयुक्त इजलास

उत्प्रेषण परमादेश

राजदूत जस्तो मर्यादित एवं जिम्मेवार पदमा नियुक्त हुने व्यक्तिमा केही आधारभूत योग्यता एवं क्षमता हुनुपर्ने कुरा पदको कार्यप्रकृतिले नै माग गरेको हुने र राजदूतको पदमा नियुक्त हुने व्यक्तिमा कुटनीतिक प्रकृतिको अध्ययन तथा अनुसन्धानसहितको योग्यता, क्षमता, अनुभव, उम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10955वि.सं. २०७९संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

बालबालिका संलग्न भएका मुद्दाहरूमा बालबालिकासम्बन्धी ऐन, २०७५ ले निर्दिष्ट गरेको कार्यविधिबमोजिम बालबालिकाको वैयक्तिक परिचयको गोपनीयता कायम राख्नुपर्ने, बालबालिका र वयस्क प्रतिवादी भएको मुद्दाको अलगअलग अभियोजन तथा कारबाही हुनुपर्ने, बालबालिकाको मुद्दा बाल इजलास…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10954वि.सं. २०७९संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

प्रेसबाट सम्प्रेषित समाचार सत-प्रतिशत सत्य तथ्यमा आधारित छैनन् भन्ने आधारमा नै फौजदारी कसुरजन्य अभियोग लगाई पक्राउ गर्ने, थुनामा राख्ने, मुद्दा चलाउने आदि कार्य गरियो भने प्रेस स्वतन्त्रतामा अनुचित रूपमा आघात पर्न सक्तछ; यस प्रकारको प्रवृत्तिबाट प्रेस स्वतन्त्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10953वि.सं. २०७९संयुक्त इजलास

उत्प्रेषण

राजमार्गको सीमा केन्द्र रेखादेखि दायाँ बायाँ दुवैतिर २५/२५ मिटर तोकिएको मापदण्डभित्र सडकको सीमा नमिची बनाइएका घर टहराहरूको हकमा सम्म जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम उचित मुआब्जा वा क्षतिपूर्ति पाउने । तोकिएको मापदण्ड मिचेर बनाइएका घर टहराको हकमा पनि मुआब्जा वा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10952वि.सं. २०७९संयुक्त इजलास

आयकर (२०६१/०६२)

करदाताको उद्देश्यअनुरूपकै कार्य सम्पादनका लागि भ्रमणमा गएका प्रतिनिधिको भ्रमण खर्चलाई व्यक्तिगत प्रकारको खर्च रहेछ भनी मान्न र यस्तो खर्चबाट उक्त कम्पनीको व्यवसाय प्रवर्द्धन एवम् कम्पनीको आयआर्जन हुने कार्यमा सहयोग नपुग्ने भनी मान्न नसकिने । कम्पनीको उद्देश्य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10951वि.सं. २०७९संयुक्त इजलास

सरकारी छाप दस्तखत किर्ते गरी ठगी

किर्तेको उद्देश्य नै विभिन्न तवरले गरेको किर्ते कार्यबाट अरूलाई विश्वासमा पारी ठगी गर्नु र आफूले प्रत्यक्ष वा अप्रत्यक्ष लाभ लिनु हो । अधिकांश समयमा यी दुई कसुर एकाकार भएर आएको देखिए पनि सधैँ सोही हुनुपर्छ भन्ने नहुने । यी दुई कसुरहरू एकै व्यक्ति वा समूहबाट सम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10950वि.सं. २०७९पूर्ण इजलास

उत्प्रेषण परमादेशसमेत

बोलपत्रदाता ठेकेदारले आफ्नो नियन्त्रणभन्दा बाहिरको अप्रत्याशित परिस्थितिहरू सुख्खा, अनावृष्टि, अतिवृष्टि, भूकम्प, बाढी, पहिरो, आगलागी जस्ता प्राकृतिक वा दैवीप्रकोप तथा महामारी वा आकस्मिक वा अप्रत्याशित विशेष कारणबाट सिर्जित परिस्थिति वा आफ्नो नियन्त्रण बाहिरका…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10949वि.सं. २०७९संयुक्त इजलास

बैंकिङ कसुर

बिगोको सम्बन्धमा अदालतले प्रमाण परीक्षण एवम् मूल्याङ्कनका तौरतरिका (Tools and techniques of examination and evaluation of evidence) अवलम्बन गरी यकिन गरेको बिगो नै वास्तविक बिगो हुने । (प्रकरण नं.६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10948वि.सं. २०७९संयुक्त इजलास

लागु औषध कोकिन

अनुसन्धान अधिकारीसमक्षको साबितीलाई प्रमाणमा लिँदा स्वेच्छा, धम्की वा आश्वासन तत्त्वको प्रभावको सम्भावनालाई सधैँ र सबै अवस्थामा इन्कार गर्न सकिने अवस्था नहुने भएकोले अनुसन्धान अधिकारीसमक्षको साबितीलाई प्रमाणमा लिँदा जहिले पनि त्यस्तो साबिती अन्य स्वतन्त्र प्रमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10947वि.सं. २०७९संयुक्त इजलास

अंश चलन

मर्ने व्यक्तिको जीवनकालमा उसको स्याहार सम्भार र औषधी उपचार गरेको प्रमाण पेस नगरेसम्म र प्रमाणका आधारमा सो तथ्य पुष्टि नभएसम्म कानूनी रूपमा अलग भई बसेको व्यक्ति मरी परेको अपुतालीमा कुनै एउटा अंशियार हकवाला वा व्यक्तिको मात्र अपुताली एवं अंश हक कायम हुन नसक्ने ।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10946वि.सं. २०७९संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

जनताको नजिकको स्थानीय सरकारको रूपमा रहेको गाउँपालिकाले आफ्नो आधिकारिक रेकर्डमा भएको विवरणलाई उल्लेख गरी गरेको सिफारिस कागजको बेहोरालाई अन्यथा मान्न नमिल्ने । नेपाली समाजमा प्रचलनमा रहँदै आएको व्यक्तिको गाउँ समाजमा पहिचान हुने वा बोलाउने नाम र नागरिकताको प्रमाण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10945वि.सं. २०७९संयुक्त इजलास

भ्रष्टाचार

निर्णय गर्ने अख्तियारी नै नभएको व्यक्तिले कसैको अनुकूल निर्णय गराइदिन्छु वा गराइदिएँ भनी घुस/रिसवतको माग गरेको भन्ने आरोपका सम्बन्धमा निर्णय गर्ने अख्तियारीप्राप्त व्यक्ति तथा सो प्रक्रियामा सारभूत भूमिका रहने अधिकारीहरूसमेत उपर अनुसन्धान नगरी अख्तियारी नै प्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10944वि.सं. २०७९संयुक्त इजलास

बहुविवाह

बहुविवाहको मुद्दामा अभियोगपत्र दर्ता भइसकेपछि लागेको आरोपबाट उम्कन घटना वारदात नै धेरै अगाडिको बनाई हदम्याद नै व्यतीत भइसकेको देखाउनको लागि बनाइएका त्यस्ता प्रमाणहरूले कानूनी मान्यता पाउन नसक्ने । (प्रकरण नं.३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10943वि.सं. २०७९संयुक्त इजलास

कर्तव्य ज्यान

प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा निजलाई शारीरिक तथा मानसिक यातना दिएको मिसिल संलग्न प्रमाणबाट नदेखिएको हुँदा अदालतको इन्कारी बयानलाई मात्र कसुरबाट उन्मुक्ति दिने आधार मान्न नसकिने । कसुरबाट उन्मुक्ति लिने उद्देश्यले अन्य व्यक्तिको संलग्नता हुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10942वि.सं. २०७९संयुक्त इजलास

कर्तव्य ज्यान

प्रतिवादीहरू फरार रहनुको अर्थ निजहरू विरूद्धको अभियोग स्वतः प्रमाणित हुने भन्ने होइन । कुनै पनि कसुर प्रमाणको आधारमा स्थापित हुने वा नहुने न्यायिक मान्यता हो । प्रतिवादी फरार रहँदैमा प्रमाणको भार वादीबाट प्रतिवादीमा स्वतः सर्छ र कसुरदार नै हुन्छ भनी मान्न नमिल…

नजिर सार पढ्नुहोस् →