नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10964 · वि.सं. २०७९

नि.नं. 10964 — लेनदेन (कारोबार)

सिद्धान्त / नजिर सार (Headnote Summary)

किस्ताको भाखा आसामीले नघाई उक्त किस्ता रकम नतिरेको अवस्थामा आफूले लगानी गरेको रकम उठाउनका लागि सम्बन्धित साहुले आसामीउपर मुद्दा दायर गरी कानूनी उपचार खोज्न नपाउने वा सम्पूर्ण रकम तिर्ने बुझाउने भाखा नाघेपछि मात्र नालिस गर्न पाउने भन्ने कुरा न्यायोचित नहुने । (प्रकरण नं.४) तमसुकबमोजिम प्रतिवादीले वादीलाई रकम बुझाउनु पर्ने तेस्रो, चौथो र पाँचौं किस्ताको रकम बुझाउने भाखा बाँकी नै भए तापनि पहिलो दुईवटा किस्ताको भाखा प्रतिवादीले नघाइसकेको देखिँदा उक्त तमसुकलाई अदालतले ग्रहण गरी इन्साफ गर्न मिल्ने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10964
मुद्दाको विषयलेनदेन (कारोबार)
निर्णय वर्ष / मिति2079/04/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री बालकृष्ण उप्रेती | माननीय न्यायाधीश श्री युवराज सुवेदी
मुद्दा नं.०७३-CI-०४०० | ०७१-CP-१४१८
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10964
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्