नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10965 · वि.सं. २०७९
नि.नं. 10965 — लेनदेन
सिद्धान्त / नजिर सार (Headnote Summary)
लेनदेनको विषयमा सर्वाधिक महत्त्वपूर्ण प्रमाण तमसुक लिखत नै हो । वादीले पेस गरेको दाबीको लिखत अन्यथा प्रमाणित नभएसम्म सद्दे नै मान्नुपर्ने । विशेषज्ञबाट परीक्षण हुँदासमेत लिखत जालसाज हो भन्ने स्पष्ट हुन नआएको अवस्थामा अदालतले अनुमानकै भरमा वादीबाट पेस भएको लिखतलाई अन्यथा मान्न नमिल्ने । (प्रकरण नं.२) सक्कल तमसुक नै पेस भएकोमा उक्त तमसुक अन्यथा प्रमाणित नभएको अवस्थामा वादी प्रतिवादीका साक्षी नबुझेको कारणबाट मात्र मुद्दाको निर्णयमा अन्यथा असर पर्ने अवस्था नदेखिने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10965 |
|---|---|
| मुद्दाको विषय | लेनदेन |
| निर्णय वर्ष / मिति | 2079/04/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री राजकुमार वन |
| मुद्दा नं. | ०७३-CI-१६८० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10965 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
