नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10960 · वि.सं. २०७९

नि.नं. 10960 — अंश चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

अंशियारहरूबिचको आपसी व्यवहार, निजहरूका नाममा कायम भएको छुट्टाछुट्टै दर्ता स्रेस्ता, निजहरूबिच भएको आपसी कारोबार, निजहरूको बसाइको अवस्था तथा समयको अन्तराल जस्ता कुराहरूलाई आधार मानी व्यवहार प्रमाणबाट छुट्टी भिन्न भएको वा नभएको निष्कर्षमा पुग्नु पर्ने । व्यवहार प्रमाणबाट छुट्टी भिन्न भई आ-आफ्नो दर्ता स्रेस्ता तिरो भरी गरी बसी आएकोमा लामो समयको अन्तरालपछि वा तेस्रो चौथो पुस्ताका अंशियारले पनि पुन: अंशको दाबी गरी अंश हक कायम गराउन पाइरहने हो भने अंशियारहरूमा जिम्मेवारी वोधको भावना हराई अनिश्चय र संशयमा बाँचिरहनुपर्ने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10960
मुद्दाको विषयअंश चलन
निर्णय वर्ष / मिति2079/01/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री बलभद्र बास्तोला | माननीय न्यायाधीश श्री फणिन्द्रदत्त शर्मा | माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल
मुद्दा नं.०७३-CI-०१२८
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10960
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्