नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10952 · वि.सं. २०७९

नि.नं. 10952 — आयकर (२०६१/०६२)

सिद्धान्त / नजिर सार (Headnote Summary)

करदाताको उद्देश्यअनुरूपकै कार्य सम्पादनका लागि भ्रमणमा गएका प्रतिनिधिको भ्रमण खर्चलाई व्यक्तिगत प्रकारको खर्च रहेछ भनी मान्न र यस्तो खर्चबाट उक्त कम्पनीको व्यवसाय प्रवर्द्धन एवम् कम्पनीको आयआर्जन हुने कार्यमा सहयोग नपुग्ने भनी मान्न नसकिने । कम्पनीको उद्देश्य मुताबिकको कार्यका सन्दर्भमा भएको भ्रमण शीर्षकहरूको खर्चलाई खर्चकट्टी गर्न मिल्ने नै देखिने । (प्रकरण नं.४) पत्रिका प्रकाशन गर्ने कार्यमा समाचारदाताको रूपमा कार्य गर्ने स्ट्रिञ्जरहरूलाई प्रतिष्ठानको कर्मचारी / कामदार भनी परिभाषा गर्न सकिने । त्यस प्रकारका कामदारहरूलाई गरेको भुक्तानी सेवा शुल्क नभई पारिश्रमिक नै मान्नुपर्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10952
मुद्दाको विषयआयकर (२०६१/०६२)
निर्णय वर्ष / मिति2078/04/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ
मुद्दा नं.०७२-RB-०४९८
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10952
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्