नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10950 · वि.सं. २०७९
नि.नं. 10950 — उत्प्रेषण परमादेशसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
बोलपत्रदाता ठेकेदारले आफ्नो नियन्त्रणभन्दा बाहिरको अप्रत्याशित परिस्थितिहरू सुख्खा, अनावृष्टि, अतिवृष्टि, भूकम्प, बाढी, पहिरो, आगलागी जस्ता प्राकृतिक वा दैवीप्रकोप तथा महामारी वा आकस्मिक वा अप्रत्याशित विशेष कारणबाट सिर्जित परिस्थिति वा आफ्नो नियन्त्रण बाहिरका अन्य घटनाहरूको कारणले सम्झौता गर्न असमर्थ भएमा वा कार्यसम्पादन जमानत (Performance Bond) दाखिला गर्न नसकेमा निजले दाखिला गरेको बोलपत्र जमानत (Bid Bond) लाई जफत गर्न नहुने । आकस्मिक वा अप्रत्याशित विशेष कारणबाट सिर्जित परिस्थिति देखिएको अवस्थामा त्यस्ता विशेष वा काबुबाहिरका परिस्थितिका अवस्थामा बोलपत्रदाता निर्माण व्यवसायीलाई नियन्त्रणभन्दा बाहिरको परिस्थितिको लागि दण्ड दिनु न्यायोचित नहुने । (प्रकरण नं.१७) बोलपत्र आह्वानकर्ताको कार्यमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग र अर्थ मन्त्रालयसमेतका राज्यका साधिकार निकायबाट अनपेक्षित हस्तक्षेप भएको, त्यसमा छानबिन वा अनुसन्धान भएको भन्ने देखिएको, त्यस्ता कार्यले बोलपत्रदाता ठेकेदारलाई कार्यसम्पादन जमानत (Performance Guarantee) बुझाउन द्विविधा सिर्जना गरेको देखिएको, समयको अन्तरालमा छानबिन र अनुसन्धानको समाप्ति भई पुनः ठेक्काको प्रक्रिया सुरूवात हुँदा पहिलेको बोलपत्र जमानत (Bid Bond) बुझाई ठेक्का स्वीकृति पाइसकेको बोलपत्रदातालाई जानकारी वा सूचना नदिई निजको बोलपत्र जमानत (Bid Bond) बापतको रकम जफत गरेको कार्य Force majeure को विषय बन्ने । अनपेक्षित वा अप्रत्याशित रूपमा राज्यको हस्तक्षेप हुन गएको र सुनुवाइको मौका प्रदान गर्नुपर्ने कार्यविपरीत जमानत जफत गर्न नहुने । यस्तो अवस्थामा बोलपत्र जमानत (Bid Bond) बापतको जफत गरिएको रकम बोलपत्रदातालाई फिर्ता दिनुपर्ने । (प्रकरण नं.२३) बोलपत्र जमानत (Bid Bond) को भुक्तानीका सम्बन्धमा अदालतले हस्तक्षेप गर्नुहुँदैन भन्ने नै सामान्य सिद्धान्त (General Principle) भए तापनि बोलपत्रदाताले आफ्नो नियन्त्रण / काबुभन्दा बाहिरका अप्रत्याशित विशेष परिस्थितिहरूका कारणले सम्झौता गर्न असमर्थ भएमा वा कार्यसम्पादन जमानत (Performance Bond) दाखिला गर्न नसकेमा निजले दाखिला गरेको बोलपत्र जमानत (Bid Bond) जफत गर्नु नहुने । (प्रकरण नं.२८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10950 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण परमादेशसमेत |
| निर्णय वर्ष / मिति | 2079/07/24 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश डा.श्री कुमार चुडाल | माननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा |
| मुद्दा नं. | ०७३-NF-००४७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10950 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
