नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10958 · वि.सं. २०७९
नि.नं. 10958 — भ्रष्टाचार (घुस / रिसवत)
सिद्धान्त / नजिर सार (Headnote Summary)
भ्रष्टाचारको कसुरमा गोप्य अनुसन्धान गर्दा सुराकीको प्रयोग गर्ने, सङ्कित व्यक्तिउपर सूक्ष्म निगरानी गर्ने, कुनै सेवाग्राही र राष्ट्रसेवकबिच रिसवत लेनदेन भएको अवस्थामा सो रकम बरामद गरी प्रमाण पेस गर्ने, प्रविधिको माध्यमबाट श्रव्य दृश्य तयार पार्ने, आर्जित सम्पत्तिको स्रोत खोज्ने, प्रमाणको वैज्ञानिक सङ्कलन र परीक्षण गर्नेलगायतका आवश्यक र उपयुक्त तरिका अपनाउनु आवश्यक हुने । कसैलाई भ्रष्टाचारी ठहर गर्न उक्त व्यक्तिले घुस खाने मनसाय राखेको थियो, त्यसअनुसार घुस रकम माग गरेको थियो र स्वेच्छाले रकम बुझेको थियो भन्ने पनि पुष्टि हुनुपर्ने । (प्रकरण नं.८) क्षतिपूर्तिबापतको रकम एक पक्षबाट बुझी अर्को पक्षलाई समयको अन्तरालपछि दिने प्रकृतिको नदेखिने । क्षतिपूर्तिका लागि प्रहरी कार्यालयको भूमिका सहजीकरण गर्नेसम्म मात्र देखिने । सवारी तथा यातायात व्यवस्थापनलगायतका विवादहरूमा प्रहरी संलग्न हुनु पनि पर्ने र कतिपय संलग्नतामा आर्थिक कारोबार पनि संलग्न रहने देखिएकोले प्रहरीको मान मर्यादा र प्रतिष्ठामा कुनै आँच आउने कार्य भएमा प्रहरीप्रतिको जनताको विश्वास र भरोसा कम हुने देखिएकोले प्रहरी कर्मचारी तथा प्रहरी संस्थाको प्रतिष्ठा वृद्धि गर्न प्रहरी कार्यालयमार्फत हुने आर्थिक कारोबार समावेश हुने मिलापत्रका हकमा शंका र द्विविधा सिर्जना नहुने गरी बैंकिङ प्रणालीमार्फत कारोबार गर्नुपर्ने । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10958 |
|---|---|
| मुद्दाको विषय | भ्रष्टाचार (घुस / रिसवत) |
| निर्णय वर्ष / मिति | 2078/08/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री बाबुराम रेग्मी |
| मुद्दा नं. | ०७५-CR-१४७२ | ०७४-WC-००२० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10958 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
