सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २२ / ४४०

नि.नं. 11013वि.सं. २०८०संयुक्त इजलास

कर्तव्य ज्यान

प्रमाण पेस गर्ने जिम्मेवारी भएको पक्षले उचित कार्यविधि (due process) पुर्‍याएर पेस गरेको प्रमाण मात्र अदालतले स्वीकार गर्नुपर्ने । कानूनले नदिएको अधिकारको प्रयोग गरी, प्रक्रिया पूरा नगरी गराएको कागजलाई आधार मानी निजका विरूद्ध प्रमाणमा लिई कसुरदार ठहर गर्नु न्य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11012वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषण / परमादेशसमेत

विश्वविद्यालय परिवारको मर्यादित पदमा रहेको सदस्यबाट आफूउपरको छानबिनमा आपत्ति जनाउनु, धम्कीपूर्ण भाषामा पत्रहरू लेख्नु र आफूभन्दा वरिष्ठ सोही सङ्कायको डिनउपर विद्यार्थीहरूलगायत अन्य व्यक्तिहरूका सामुन्ने कुटपिट, हातपात, गाली गलौजमा उत्रनुलाई अनुशासनहीन कार्य नै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11011वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषणसमेत

बाबु वा आमामध्ये कसैको नामबाट नागरिकता लिन सक्ने व्यवस्था संविधान तथा ऐनमा भएपछि बाबुको नागरिकताको प्रमाणपत्र पेस नगरेको भए पनि आमाको नागरिकता राखी निवेदन दिन सक्ने । निवेदकले बाबुको नागरिकता पेस गर्न नसकेको भनी नागरिकताको प्रमाणपत्र प्रदान गर्न इन्कार गर्न नम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11010वि.सं. २०८०संयुक्त इजलास

हक कायमसमेत

कानूनतः मुद्दाको परिणामबाट असर पर्ने पक्षलाई नक्सा मुचुल्का गर्ने प्रक्रियामा सामेल गराउनु वा सामेल हुने मौका प्रदान गर्नु अनिवार्य हुने । एकैसाथ लगाउमा रही चलेको मुद्दामा असर पर्ने पक्षलाई जानकारीसम्म पनि नदिई एकपक्षीय रूपमा गरिएको नाप नक्सा मुचुल्कालाई कानून…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11009वि.सं. २०८०संयुक्त इजलास

आयकर

करदाता कम्पनीले उधारो बिक्री गरेको सामानको रकम समयमा नै असुल हुन सकोस् भन्ने उद्देश्यले गरेको सम्झौताको सर्तलाई आधार मानेर बाध्यात्मक रूपमा ब्याज असुल भएकै हुनुपर्ने भनी व्याख्या गरिनु मनासिब नहुने । भएको आम्दानीमा आयकर लाग्ने हो, सम्भावित वा अनुमानित लाभको कु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11008वि.सं. २०८०संयुक्त इजलास

जबरजस्ती करणी

पीडितको उमेर अनिवार्य रूपमा निजको अभिभावक वा स्कुल तथा डाक्टर विशेषज्ञबाट अनुसन्धानकर्ताले खुलाई यकिन गरी दाबी लिनुपर्ने । प्रहरी आफैँले पीडितको उमेर लेखी स्वास्थ्य जाँच गर्दा उल्लेख भएको आधारले मात्र पीडित नाबालक रहेको भन्ने पुष्टि नहुने । पीडितको उमेर यकिन न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11007वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषण

निजामती सेवा ऐन, २०४९ को दफा ३७(३) मा व्यवस्था भएबमोजिमको थप सेवा अवधिको गणनाका लागि राजीनामा स्वीकृत हुनुपर्ने गरी कानूनले नै आवश्यक नठानेको अवस्थामा राजीनामा स्वीकृत नभई सो व्यवस्था आकर्षित हुँदैन भन्दा सो कानूनको प्रत्यक्षत: त्रुटिपूर्ण प्रयोग हुने । (प्रकर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11006वि.सं. २०८०संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

निवेदिकाको हाल बसोबास गरेको वतनमा म्याद जारी नगरी विवाह हुनुभन्दा पहिले बनेको नागरिकतामा उल्लेख भएको ठेगानालाई स्थायी ठेगाना मानी उक्त ठेगानामा म्याद जारी गरी घरदैलोमा टाँस गरिएको बेहोरा खुलाई प्राप्तभएको म्यादलाई रीतपूर्वक तामेल भएको मान्न नमिल्ने । (प्रकरण न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11005वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषण / परमादेश

विपक्षी विभाग तथा मन्त्रालयबाट नै कोभिड-१९ को अवस्थालाई काबु बाहिरको परिस्थिति मानी स्वीकारिसकेको अवस्थामा सो समयको लागि प्रदान गरिने सुविधा सबै सरोकारवालाहरूले पाउने कुरा वैध अपेक्षा (legitimate expectation) को विषय हुने । (प्रकरण नं.१०) निवेदक आयोजनाको अनुमत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11004वि.सं. २०८०पूर्ण इजलास

उत्प्रेषणयुक्त परमादेश

पुनरावलोकनको लागि निवेदन दिँदा फैसला वा अन्तिम आदेशमा हस्ताक्षर गरी प्रमाणित गरेको मितिले साठी दिनभित्र दिनुपर्ने भन्ने व्यवस्था देखिँदा उक्त म्याद नघाई नक्कल सारीलिएको मितिको आधारमा जहिलेसुकै पनि पुनरावलोकनको निवेदन दायर गर्न सकिने भनी व्याख्या गर्नु उल्लिखित…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11003वि.सं. २०७९संयुक्त इजलास

परमादेश

सार्वभौम सम्पन्न राष्ट्रको नागरिकको सम्पूर्ण वैयक्तिक विवरणहरू विदेशी कम्पनीको नियन्त्रणमा रहनु वा कम्पनीको इच्छाअनुसार प्रयोग गर्नु ठिक हो भन्न नसकिने । नागरिकको वैयक्तिक विवरणहरू सर्वथा गोप्य रहनुपर्ने । (प्रकरण नं.२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 11002वि.सं. २०७९संयुक्त इजलास

बैंकिङ कसुर

अधिकारप्राप्त अधिकारीसमक्ष कागज गर्ने व्यक्तिलाई अदालतमा झिकाई बकपत्र नगरेमा त्यस्ता कागजलाई प्रमाण लिन मिल्दैन भन्ने जिकिर गरे तापनि प्रतिवादीले अभियोग दाबीबमोजिम कसुर गरेको भनी अनुसन्धान अधिकारीसमक्ष तथा अदालतमा समेत साबित रही बयान गरिसकेपछि अनुसन्धानमा बुझि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11001वि.सं. २०७९संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

बिना आधार र कारण कसैलाई पदबाट हटाउँदा निजको संविधानप्रदत्त रोजगारीको हकमा प्रतिकूल असर पर्ने । कानूनको शासनविपरीत उचित प्रक्रियाको अवलम्बन नगरी गरिएका कार्यहरूले वैधता प्राप्त गर्न नसक्ने । निवेदकलाई प्रतिकूल असर पर्ने गरी निर्णय गर्दा सफाइ पेस गर्ने मनासिब मौ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11000वि.सं. २०७९संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

फैसलामा भेटघाटको अधिकार नलेखेकै आधारमा आमाले आफ्नो सन्तानसँग भेटघाट गर्न पाउने नैसर्गिक अधिकारलाई बालकको हितविपरीत हुने अवस्थाबाहेक इन्कार गर्न नमिल्ने । बालबालिकाको लागि परिवार भनेको निजहरूको बाबु आमा नै हुने, समाजमा बाबु आमाको साथमा प्राकृतिक वातावरणमा हुर्क…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10999वि.सं. २०७९संयुक्त इजलास

लागु औषध गाँजा

कुनै बाध्यतावश आपराधिक कार्यमा संलग्न हुनुपरेको हो भन्ने विषय कसुरको गम्भीरता निर्धारणका बखत विचारणीय हुने । कसुर नै कायम हुने वा नहुने भन्ने विषयको निर्धारण गर्दा प्रचलित कानूनले गरेको स्पष्ट प्रावधानभन्दा अन्यथा गर्न नमिल्ने । (प्रकरण नं.३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10998वि.सं. २०७९संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

कानूनी प्रक्रियामा व्यक्तिउपर गरिने व्यवहार न्यायिक, स्वच्छ र तर्कसङ्गत हुनुपर्दछ । कसैलाई पनि वैयक्तिक स्वतन्त्रताको अधिकारबाट वञ्चित गर्दा कानूनले तोकेको उचित प्रक्रियाको अनिवार्य रूपमा पालना गरिएन भने त्यस्तो कार्यले वैधता प्राप्त गर्न नसक्ने । अदालतबाट भएक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10997वि.सं. २०७९संयुक्त इजलास

दर्ता बदर

साधारण अधिकारक्षेत्रअन्तर्गत कारबाही गरिने मुद्दामा कानूनले निर्धारण गरेको कार्यविधि पालना भएकै हुनुपर्ने । नेपाल सरकारको नाउँको दर्ता निर्णय बदरको अर्थ वादी दाबीको पोखरीको डिल स्वतः वादीका नाउँमा दर्ता हुने भन्न नमिल्ने, साबिक हक भोगका प्रमाणका आधारमा निर्णय…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10996वि.सं. २०७९संयुक्त इजलास

उत्प्रेषण / परमादेश

विदेशी नागरिकले दर्ता गरेको फर्मको कर वा राजस्व उक्त फर्मले नतिरेमा आफूले तिर्ने कबुल गरी फर्म दर्ता गर्ने समयमा ग्यारेन्टी बसेकोमा त्यस्तो फर्मले कर वा राजस्व नतिरेमा सो चुक्ता गर्ने दायित्व ग्यारेन्टी बसेको व्यक्तिमा सर्ने । (प्रकरण नं.५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10995वि.सं. २०७९संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

कानूनले स्पष्ट व्यवस्था गरेकोमा बाहेक कसैलाई तत्काल प्रचलनमा रहेको फौजदारी कानूनले तोकेकोभन्दा बढी हुने गरी ठुलो कैद र सानो कैद जोडेर कैद लगत कसी थुनामा पठाउन नमिल्ने । (प्रकरण नं.३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10994वि.सं. २०७९संयुक्त इजलास

सार्वजनिक बाटो कायम गरिपाऊँ

परापूर्वकालदेखि प्रयोग गरेको बाटो कुनै विपद्ले नष्ट भई घरसम्म जाने अन्य कुनै विकल्प नभएमा बाटोको सुविधाभार प्राप्त हुने । आफ्नो घर जग्गा सिमाना बाटोसँग जोडिइरहेको अवस्थामा व्यक्तिगत आर्थिक लाभका लागि मात्र अर्को व्यक्ति वा संस्थाको घरको पेटीबाट बाटोको सुविधाभा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10993वि.सं. २०७९संयुक्त इजलास

लिखत बदर दर्ता बदर दर्ता कायम

एउटै विवादमा अचल सम्पत्ति सम्बन्धमा रजिस्ट्रेसन पारित भएको लिखत र नभएको लिखतको विद्यमानता देखिन्छ भने स्वभावतः रजिस्ट्रेसन पारित भएको लिखतले नै मान्यता र प्राथमिकता पाउने । (प्रकरण नं.४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10992वि.सं. २०७९संयुक्त इजलास

नाता कायम

झुक्याई सम्बन्ध विच्छेद गराए पनि हाम्रो श्रीमान् श्रीमतीको सम्बन्ध यथावत् छ भनी दाबी गरेको अवस्थामा पक्षका व्यवहार र आचरणहरू नहेरी सम्बन्ध विच्छेदको मिलापत्र बदरको माग गरिएको छैन भन्ने नितान्त प्राविधिक कुरा उठाई नाता कायम हुँदैन भन्नु अन्यायपूर्ण हुने । न्याय…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10991वि.सं. २०७९संयुक्त इजलास

उत्प्रेषणसमेत

कुनै प्रतिष्ठानको स्थायी कामदारलाई सेवाबाट निस्कासन गर्ने अन्तिम निर्णय सामान्य प्रकृतिको सजाय नभई विशेष प्रकृतिको सजायअन्तर्गत पर्ने हुँदा प्रशासकीय अधिकृतले एकल निर्णय लिन नमिल्ने । व्यवस्थापकलाई प्राप्त अख्तियारी व्यवस्थापकभन्दा अन्य कर्मचारीले प्रयोग गरी ए…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10990वि.सं. २०७९संयुक्त इजलास

उत्प्रेषण

महत्त्वपूर्ण सार्वजनिक जिम्मेवारीको पदमा रहेका प्रहरी अधिकृतले अध्ययनका लागि शिक्षण संस्थामा भर्ना हुनुपूर्व सम्बन्धित अधिकारीबाट औपचारिक रूपमा अनुमति वा स्वीकृति लिनु आवश्यक हुने । अध्ययन गर्न शिक्षण संस्थामा भर्ना भएको कुरालाई सेवाबाट बर्खास्त गर्ने पर्याप्त…

नजिर सार पढ्नुहोस् →