नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11007 · वि.सं. २०८०

नि.नं. 11007 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

निजामती सेवा ऐन, २०४९ को दफा ३७(३) मा व्यवस्था भएबमोजिमको थप सेवा अवधिको गणनाका लागि राजीनामा स्वीकृत हुनुपर्ने गरी कानूनले नै आवश्यक नठानेको अवस्थामा राजीनामा स्वीकृत नभई सो व्यवस्था आकर्षित हुँदैन भन्दा सो कानूनको प्रत्यक्षत: त्रुटिपूर्ण प्रयोग हुने । (प्रकरण नं.३) तिस वर्ष सेवा अवधि पूरा गरिसकेका निजामती कर्मचारीको अवकाश लिने विषयलाई विधायिकाले निजामती कर्मचारीको स्वेच्छाको विषयको रूपमा व्यवस्था गर्ने तर सोबमोजिम स्वेच्छाले अवकाश लिन खोज्दा पनि अख्तियारवालाले राजीनामा स्वीकृत नगरी अवकाश लिन नदिने गर्दा निजामती सेवा ऐन, २०४९ को दफा ३७(३) को भावना र मर्मविपरीत हुने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11007
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2079/08/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ
मुद्दा नं.०७५-WO-०७२६
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11007
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्