नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10992 · वि.सं. २०७९
नि.नं. 10992 — नाता कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
झुक्याई सम्बन्ध विच्छेद गराए पनि हाम्रो श्रीमान् श्रीमतीको सम्बन्ध यथावत् छ भनी दाबी गरेको अवस्थामा पक्षका व्यवहार र आचरणहरू नहेरी सम्बन्ध विच्छेदको मिलापत्र बदरको माग गरिएको छैन भन्ने नितान्त प्राविधिक कुरा उठाई नाता कायम हुँदैन भन्नु अन्यायपूर्ण हुने । न्याय समग्रतामा हेरिने र पक्ष तथा समाजले अनुभूत गर्ने कुरा हुने । समाजमा विदेश जाने जुन लहर र हुटहुटी चलेको छ, जसरी झुट्टा विवाह वा कागजी विवाह गरेर भिसा हात पार्नेसम्मका गतिविधि भइरहेका छन्, प्रतिवादीले पनि त्यसो गर्ने प्रयास गरेनन् होला भन्न नसकिने । वादी प्रतिवादीबिच परम्परागत विवाह भएको र विवाहको बन्धन र नातालाई वादीले यथावत् कायम राख्न माग गरी वर्षौंसम्म मुद्दा लडिरहेको अवस्थालाई मानव अधिकारको दृष्टिबाट हेरिनुपर्ने । (प्रकरण नं.५) वादीलाई छलेर कानूनी रूपमा सम्बन्ध विच्छेद गरी सोपश्चात् निजसँग सामाजिक रूपमा पति-पत्नीसरह बसेको अवस्थामा वादीलाई अंश हकबाट वञ्चित गराउँदा नेपालको संविधानले सुनिश्चित गरेको वंश, सम्पत्ति र सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार हनन हुने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10992 |
|---|---|
| मुद्दाको विषय | नाता कायम |
| निर्णय वर्ष / मिति | 2078/11/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना | माननीय न्यायाधीश श्री बालकृष्ण उप्रेती |
| मुद्दा नं. | ०७३-CI-०५०५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10992 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
