नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11001 · वि.सं. २०७९

नि.नं. 11001 — उत्प्रेषणयुक्त परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

बिना आधार र कारण कसैलाई पदबाट हटाउँदा निजको संविधानप्रदत्त रोजगारीको हकमा प्रतिकूल असर पर्ने । कानूनको शासनविपरीत उचित प्रक्रियाको अवलम्बन नगरी गरिएका कार्यहरूले वैधता प्राप्त गर्न नसक्ने । निवेदकलाई प्रतिकूल असर पर्ने गरी निर्णय गर्दा सफाइ पेस गर्ने मनासिब मौका दिनुपर्ने । सफाइको मौका नै प्रदान नगरी एक पक्षीय रूपमा गरिएको निर्णय प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुने । त्यस्तो निर्णयले वैधानिकता प्राप्त गर्न नसक्ने । (प्रकरण नं.७) समान उद्देश्य प्राप्तिको निमित्त भइरहेको गठन आदेशलाई प्रतिस्थापन गर्ने गरी नयाँ आदेश आउँदैमा निश्चित पदावधि (Fixed Tenure) तोकी नियुक्त गरिएकोले उक्त पदावधि बाँकी नै रहिरहेको अवस्थामा उक्त पदबाट निवेदक मुक्त हुन्छ भन्न नसकिने । नयाँ व्यक्ति नियुक्ति गर्ने एकमात्र उद्देश्यको लागि उमेर हदमा परिवर्तन गरी नयाँ गठन आदेश जारी गरेबाट पनि प्रत्यर्थीहरूको मनसाय दुराशयपूर्ण देखिने । (प्रकरण नं.८) अधिकारको प्रयोग स्वेच्छाचारी तथा बदनियतपूर्वक अप्रासाङ्गिक परिणाम प्राप्त गर्नका लागि दुरूपयोग गरिन्छ भने त्यस्तो कार्य नि:सन्देह शक्तिको दुरूपयोग हुने । यस्तो खालको बदनियपूर्ण तथा विकृत मनसायबाट प्रेरित (Misused or Vitiated by Its Mala Fide Exercise) अभ्यासले विधि र कानूनको शासनको उपहास मात्र हैन समग्र राज्य प्रणालीप्रति अविश्वास पैदा गर्ने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11001
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश
निर्णय वर्ष / मिति2079/03/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
मुद्दा नं.०७८-WO-०६२५
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 11001
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्