नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11012 · वि.सं. २०८०
नि.नं. 11012 — उत्प्रेषण / परमादेशसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
विश्वविद्यालय परिवारको मर्यादित पदमा रहेको सदस्यबाट आफूउपरको छानबिनमा आपत्ति जनाउनु, धम्कीपूर्ण भाषामा पत्रहरू लेख्नु र आफूभन्दा वरिष्ठ सोही सङ्कायको डिनउपर विद्यार्थीहरूलगायत अन्य व्यक्तिहरूका सामुन्ने कुटपिट, हातपात, गाली गलौजमा उत्रनुलाई अनुशासनहीन कार्य नै मान्नुपर्ने । यस स्थितिमा निजलाई विभागीय कारबाही गर्दा लगाइएको आरोप कानून प्रतिकूल र त्रुटिपूर्ण भन्न नसकिने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11012 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेशसमेत |
| निर्णय वर्ष / मिति | 2078/04/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री डिल्लीराज आचार्य | माननीय न्यायाधीश श्री हेमराज पन्त |
| मुद्दा नं. | ०७२-CI-१६३८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11012 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
