नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11013 · वि.सं. २०८०

नि.नं. 11013 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रमाण पेस गर्ने जिम्मेवारी भएको पक्षले उचित कार्यविधि (due process) पुर्‍याएर पेस गरेको प्रमाण मात्र अदालतले स्वीकार गर्नुपर्ने । कानूनले नदिएको अधिकारको प्रयोग गरी, प्रक्रिया पूरा नगरी गराएको कागजलाई आधार मानी निजका विरूद्ध प्रमाणमा लिई कसुरदार ठहर गर्नु न्यायसम्मत नहुने । (प्रकरण नं.७) ठोस प्रमाणहरू पेस हुन नसकेको अवस्थामा केवल प्रहरीमा दुवै नाम गरेको व्यक्ति एउटै व्यक्ति हो भनी गराएको एक मात्र कागजको आधार कारणबाट मात्र व्यक्तिको परिचय परिवर्तन हुन सक्ने अवस्था नदेखिने । (प्रकरण नं.८) वारदातमा संलग्न रहेको व्यक्तिको सम्बन्धमा पर्याप्त अनुसन्धान नगरी, निजको पहिचान नै यकिन नगरी कुनै वस्तुगत आधारविना नै कुनै पनि व्यक्तिउपर फौजदारी कसुर गरेको आरोपमा सजाय दिलाउनु कानून र न्यायको मान्य सिद्धान्तको विपरीत हुने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11013
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2078/10/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना | माननीय न्यायाधीश श्री दुर्गादत्त भट्ट | माननीय न्यायाधीश श्री यज्ञराज भट्ट
मुद्दा नं.०७५-CR-०३५० | ०७६-CR-०६०३ | ०७४-CR-०५७५ | ०७६-CR-०९२४
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11013
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्