नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10989 · वि.सं. २०७९
नि.नं. 10989 — सामूहिक जबरजस्ती करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुटपिटको जरियाबाट उठेको विवादलाई प्रतिशोधपूर्ण तवरबाट जबरजस्ती करणीको वारदातको रूपमा अगाडि सारिएको अवस्थामा नारी अस्मिताको प्रश्न अगाडि सारेर एक प्रकारको घटनालाई तोड-मरोड गरी कसुरको गम्भीरता देखाउनु र फौजदारी न्यायसम्बन्धी राज्यका संयन्त्रलाई निजी स्वार्थमा प्रयोग गर्नु उचित नहुने । घटनाको वास्तविकता यकिन गर्नेतर्फ वाञ्छित गम्भीरता नअपनाई केवल औपचारिकता निर्वाह गर्ने अनुसन्धान र अभियोजन शैलीप्रति पनि सम्बद्ध निकायहरूको ध्यानाकर्षण हुनु आवश्यक देखिने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10989 |
|---|---|
| मुद्दाको विषय | सामूहिक जबरजस्ती करणी |
| निर्णय वर्ष / मिति | 2077/11/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ |
| मुद्दा नं. | ०७२-CR-१४२८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10989 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
