नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10971 · वि.सं. २०७९

नि.नं. 10971 — गैरकानूनी निर्णय बदर गरी उचित आदेश गरिपाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

निजी कम्पनीका सञ्चालकलाई सञ्चालक समितिको बैठकको सूचना नदिई वा अल्पमतमा रहेका सेयरधनीलाई नै जानकारी नदिई सेयर दाखिला खारेज गर्ने निर्णय अल्पमतमा रहेका सेयरधनी (minority shareholder) को संरक्षणका सम्बन्धमा बहुमतका सेयरधनीले पालना गर्नुपर्ने उच्चतम परमविश्वासको कर्तव्य (heightened fiduciary duty) उल्लङ्घन गरी कम्पनीको नियमावलीको अल्पमतका सेयरहोल्डरको संरक्षण गर्ने प्रावधान तथा कम्पनी ऐन, २०६३ को दफा १३९ को दायित्व सञ्चालक समितिका बहुमत सदस्यहरूले अनिवार्य पालना गर्नुपर्ने । (प्रकरण नं.९) कम्पनी ऐन, २०६३ को दफा १३९ बमोजिमको प्रावधान अल्पमतका सेयरधनीले मात्र प्रयोग गर्न सक्ने भनी सो दफामा उल्लेख नभए तापनि कुनै कम्पनीको controlling shareholder ले आफ्ना हकहितको रक्षा आफ्नो controlling position को हैसियतले प्राप्त हुने अधिकार को सामान्य नियमित प्रयोगमार्फत नै गर्न सक्दछ तर अल्पमतका सेयरधनीको सम्बन्धमा त्यस्तो controlling position को अभाव हुने भएकाले दफा १३९ को उद्देश्य विषेशतः अल्पमतका सेयरधनीको हकहितको रक्षा गर्नु हुने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10971
मुद्दाको विषयगैरकानूनी निर्णय बदर गरी उचित आदेश गरिपाऊँ ।
निर्णय वर्ष / मिति2079/05/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री दुर्गादत्त भट्ट
मुद्दा नं.०७१-RB-०१९० | ०७२-RB-०३९९ | ०७३-RB-००८१
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10971
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्