नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10969 · वि.सं. २०७९

नि.नं. 10969 — सर्त करारबमोजिम रकम दिलाई पाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै काम गर्ने वा नगर्ने भन्ने सर्त राखी करार वा सर्तनामा गरिएकोमा कारणवश त्यस्तो करारनामा बदर भएमा करारबमोजिम लिए खाएको नगद वा जिन्सी फिर्ता गर्नु नपर्ने भन्ने तर्क समन्यायको दृष्टिले समेत उचित मान्न नसकिने । करारका पक्षले करारबमोजिमको दायित्व पनि पूरा नगर्ने र करार बदर भएको आधारमा लिए खाएको नगद जिन्सी वा अन्य सुविधा पनि फिर्ता नगर्दा करारको एक पक्षलाई अनुचित संवृद्धि (unjust enrichment) हुने । एक पक्षले अर्को पक्षबाट करारबमोजिमको कार्य सम्पन्न गर्ने भनी रकम लिए खाएको पुष्टि भएको अवस्थामा करारनामा बदर भएमा त्यस्तो रकम फिर्ता गर्नुपर्ने भन्ने सर्त नराखेकै आधारमा त्यस्तो रकम फिर्ता गर्नु नपर्ने भनी अर्थ गरिएमा रकम बुझाएको पक्षलाई मर्का पर्ने र अर्को पक्षलाई अनुचित लाभ पुग्ने अवस्था सिर्जना हुने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10969
मुद्दाको विषयसर्त करारबमोजिम रकम दिलाई पाऊँ ।
निर्णय वर्ष / मिति2079/07/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री नहकुल सुवेदी | माननीय न्यायाधीश श्री पवनकुमार शर्मा | माननीय न्यायाधीश श्री नरबहादुर शाही
मुद्दा नं.०७५-CI-०४४१ | ०७४-DP-०००९
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10969
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्