नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10982 · वि.सं. २०७९

नि.नं. 10982 — प्रतिषेध

सिद्धान्त / नजिर सार (Headnote Summary)

रोडा, गिट्टी, ढुङ्गा र बालुवासमेतलाई उत्खनन गरेर विकासको कार्यमा सदुपयोग गर्दा प्राकृतिक वातावरणको स्वच्छतालाई पनि कायम राख्नुपर्ने । वातावरणलाई नराम्ररी प्रभावित बनाउने गरी उद्योग र विकासको कार्यलाई मात्र प्राथमिकता र बढावा दिनु नहुने । प्राकृतिक साधन र स्रोतहरू कुनै उद्योग र व्यवसायहरूको निजी सम्पत्ति नभई देशका साझा सम्पत्ति हुने । साझा सम्पत्तिउपर कुनै उद्योग र निजी व्यवसायहरूको मात्र आधिपत्य हुने नभई विकास निर्माणको कार्य गर्दा यिनीहरूको संरक्षण र दिगोपनलाई ध्यान दिनुपर्ने । (प्रकरण नं.९) मौलिक हक पूर्णतः निरपेक्ष नहुने । देशको प्राकृतिक स्रोत, सम्पदा, स्वच्छ वातावरण, वनजङ्गल, जङ्गली जीवजन्तु, वनस्पति राष्ट्रिय र साझा सम्पत्ति हुने । यसका स्रोतहरूको स्थायी र दिगो संरक्षण गरिनुपर्ने । नागरिकको पेसा व्यवसाय र रोजगारको हक दिगो विकासको कसीमा उच्च हुन नसक्ने । स्वच्छ वातावरण कायम राख्ने र प्राकृतिक स्रोतहरूको संरक्षण गर्ने सम्बन्धमा त्यस्ता सम्पदा, वातावरण र प्राकृतिक स्रोतउपर नागरिकको पेसा, व्यवसाय र रोजगारको हक स्वच्छन्द र निरपेक्ष रूपमा हावी हुन नसक्ने । (प्रकरण नं.३१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10982
मुद्दाको विषयप्रतिषेध
निर्णय वर्ष / मिति2077/12/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
मुद्दा नं.०७४-WO-०९२३ | ०७४-WO-०७०४ | ०६६-WO-५२१ | ०६६-WO-०५२१ | ०७७-FN-०१०१ | ०७४-WO-०२०५
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10982
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्