नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10981 · वि.सं. २०७९
नि.नं. 10981 — आयकर
सिद्धान्त / नजिर सार (Headnote Summary)
कारोबार वा व्यवसायसँग सम्बन्धित व्यक्तिले आफ्नो व्यावसायिक आवश्यकताअनुसार गरेको कारोबार स्थलको सजावट, डिजाइन, पेटेन्ट, डेकोरेसन वा लोगोलाई आयकर ऐनको प्रयोजनार्थ केवल आँखाले देख्न सकिने अस्तित्वमा रहेको आधारमा मात्र भौतिक अस्तित्वका वस्तुको रूपमा गणना गर्नुलाई आयकर ऐनको प्रयोजनार्थ मनासिब हो भन्न नसकिने । साजसज्जा, डिजाइनिङ वा स्वरूपको परिवर्तन व्यवसायको प्रकृति र मागमा आधारित हुने हुँदा त्यस्तो व्यावसायिक व्यक्तिले खुला बजारमा प्रतिस्पर्धात्मक तवरले आफ्नो व्यवसाय नै विस्तार गर्न सक्ने अवस्था नरहने । करदाताले आफ्नो व्यवसाय तथा कारोबारको प्रकृति एवं त्यसको लागि के कस्तो स्थान, कार्यालय, फर्निचर, फर्निसिङ इत्यादि आवश्यक महसुस गर्छ, करदाताले त्यस विषयमा आफैँले निर्क्योल गर्ने हुन्छ । कानूनले निर्देशित वा नियन्त्रित गरेको अवस्थामा बाहेक यो कर प्रशासनले नियन्त्रण वा निर्देशन दिने विषयको रूपमा लिने कुरा आयकरको प्रयोजनार्थ यसको विधिशास्त्रीय मान्यताभित्र परेको भनी मान्न नमिल्ने ि९प्रकरण नं।७० पुनरावेदक र निवेदकका तर्फबाट स् विद्वान् उपन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवाली प्रत्यर्थी र विपक्षीका तर्फबाट स् विद्वान् अधिवक्ता श्री बालकृष्ण ढकाल
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10981 |
|---|---|
| मुद्दाको विषय | आयकर |
| निर्णय वर्ष / मिति | 2077/08/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री कुमार रेग्मी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10981 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
