नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10978 · वि.सं. २०७९
नि.नं. 10978 — बन्दीप्रत्यक्षीकरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
मुलुकी अपराध संहिता, २०७४ को दफा २१९(१) र (२) अन्तर्गत सोही संहिताको दफा ३४ को उपदफा (१) बमोजिम जबरजस्ती करणीको उद्योगमा मुद्दा दायर भएकोमा सो नठहरी मुलुकी अपराध संहिता, २०७४ को दफा २२४ को यौन दुर्व्यवहारको मुद्दामा परिणत गर्दा वा मुद्दा चल्ने हुँदा पनि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४२ को बाध्यात्मक प्रक्रिया अवलम्बन गर्नुपर्ने । (प्रकरण नं.५) जबरजस्ती करणीको उद्योगसम्बन्धी कसुर ठहर्ने नदेखिई मुलुकी अपराध संहिता, २०७४ को दफा २२४ बमोजिमको यौन दुर्व्यवहार गर्न नहुने कसुरसम्बन्धी मुद्दामा महिलाको उमेर १८ वर्षभन्दा बढी भएको अवस्थामा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची-१ र अनुसूची-२ अन्तर्गत नपरी अनुसूची-४ अन्तर्गत पर्ने देखिँदा सम्बन्धित जिल्ला अदालतले सो सम्बन्धमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४२ बमोजिम मुद्दामा आदेश गरी सम्बन्धित सरोकारवाला व्यक्तिलाई सूचना दिनुपर्ने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10978 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्यक्षीकरण |
| निर्णय वर्ष / मिति | 2079/06/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल |
| मुद्दा नं. | ०७९-WH-००२४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10978 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
