नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10979 · वि.सं. २०७९

नि.नं. 10979 — उत्प्रेषणयुक्त परमादेशसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

धार्मिक आस्था र विश्वासको अधिकार व्यक्ति वा समुदायको विशुद्धः निजी मामिला हुने । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कानूनले संरक्षण गरेको धर्म / संस्कृतिको अभ्यास र अवलम्बन गर्न पाउने अधिकारअन्तर्गत धार्मिक विश्वासको स्वतन्त्रतालाई सार्वजनिक रूपमा प्रकट गर्ने, पूजाआजा गर्ने, धार्मिक नियम र अभ्यासको अवलम्बन गर्ने, धार्मिक साँस्कृतिक पर्व, उत्सव, समारोह आदिको आयोजना गर्ने तथा त्यसमा सहभागी हुने, सोका लागि उपयुक्त स्थानको निर्माण वा चयन गर्ने एवम् अन्य संस्कारजन्य क्रियाकलापहरूको सञ्चालन गर्ने हक निहित रहेको मान्नुपर्ने । धर्मको हकअन्तर्गत धार्मिक मान्यताअनुरूपका खानपिन र पोसाकसम्बन्धी नियम, भाषागत संस्कार र गर्भावस्थादेखि जीवनोपरान्त गरिने मृत्यु संस्कारसम्मका सामाजिक जीवनका विभिन्न चरणमा गरिने सामाजिक, साँस्कृतिक संस्कार र परम्परा समेटिने भएकाले कुनै पनि जात जाति वा समुदायले परम्परादेखि गर्दै आएको अन्त्येष्टि संस्कारलाई सोही रूपमा अवलम्बन गर्न पाउने अधिकारसमेत धार्मिक तथा साँस्कृतिक अभ्यास र अवलम्बनको अधिकारअन्तर्गत निहित भएको मान्नुपर्ने । (प्रकरण नं.१३) व्यक्तिका प्रत्येक हक अधिकारहरू आफैँमा सार्वभौम र स्वतन्त्र हुने । एक अधिकारको मूल्यमा अर्को अधिकार (trade off) को संरक्षण वा अधिकारको प्राथमिकीकरणलाई मानव अधिकार विधिशास्त्रमा स्वीकार्य नमानिने । अन्तराष्ट्रिय मानव अधिकार र कानूनले स्वीकार गरेका वा मुलुकको संविधान वा कानूनले प्रत्याभूत गरेका व्यक्ति, नागरिक वा समुदायका सबै अधिकार तत् तत् सन्दर्भमा महत्त्वपूर्ण र संरक्षणयोग्य रहेका मानिने । (प्रकरण नं.१७) संविधानले नै सार्वजनिक स्वास्थ्य, नैतिकता र शिष्टाचारमा प्रतिकूल प्रभाव पार्ने धार्मिक सामाजिक कृत्यलाई राज्यले सीमा बन्देज लगाउन सक्ने प्रावधान राखेको र उक्त मान्यतालाई अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी कानूनले समेत स्वीकार गरेको सन्दर्भमा धार्मिक सामाजिक साँस्कृतिक हकको अभ्यास गर्दा सार्वजनिक स्वास्थ्य र शिष्टाचारमा प्रतिकूल प्रभाव नपर्ने गरी गर्नुपर्ने । (प्रकरण नं.१९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10979
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेशसमेत
निर्णय वर्ष / मिति2079/02/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री नहकुल सुवेदी
मुद्दा नं.०७७-WO-०४२४
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10979
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्