नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10980 · वि.सं. २०७९
नि.नं. 10980 — अबण्डा जग्गा बण्डा गरिपाऊँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
बण्डापत्रमा रहेको सीमित शब्दावलीको सापेक्षतामा नैसर्गिक हक रहने पैतृक सम्पत्तिबाट बञ्चित हुने गरी बण्डा नलाग्ने वा उल्लिखित जग्गा अबण्डा होइन भनी अर्थ गर्दा अंशबण्डासम्बन्धी अवधारणा र सोसम्बन्धी कानूनी व्यवस्थाको प्रयोगमा संकुचन आउने अवस्था सिर्जित हुन पुग्ने । पैतृक सम्पत्ति वा अंश जस्तो नैसर्गिक हक निहित रहने विषयमा स्पष्ट रूपमा बाहेक गरिएको अवस्थामा बाहेक त्यस्तो सम्पत्तिमा सबै अंशियारहरूको बण्डा लाग्ने भनी अर्थ गर्नु नै अंशसम्बन्धी अवधारणा एवम् विधिशास्त्रको विकासको दृष्टिले मनासिब हुने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10980 |
|---|---|
| मुद्दाको विषय | अबण्डा जग्गा बण्डा गरिपाऊँ । |
| निर्णय वर्ष / मिति | 2079/08/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री शेषराज शिवाकोटी | माननीय न्यायाधीश श्री नीता गौतम दीक्षित |
| मुद्दा नं. | ०७३-CI-०४८४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10980 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
