नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10988 · वि.सं. २०७९
नि.नं. 10988 — नकबजनी चोरी
सिद्धान्त / नजिर सार (Headnote Summary)
आफूउपरको कसुर इन्कार गर्ने तर अर्को प्रतिवादीलाई भने दोषारोपण गरी पोल गरेकै आधारमा अन्य स्वतन्त्र प्रमाणको अभावमा कसैलाई पनि कसुरदार ठहर गर्नु न्यायोचित नहुने । (प्रकरण नं.८) प्रतिवादीको साथबाट नगद बरामद नभएको र अन्य स्वतन्त्र प्रमाणबाट निजउपरको कसुर पुष्टि नभइरहेको अवस्थामा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको साबिती बयान र ठोस प्रमाणबाट पुष्टि नभएको सहप्रतिवादीको पोलको भरमा मात्र दोषी ठहर गर्न नमिल्ने । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10988 |
|---|---|
| मुद्दाको विषय | नकबजनी चोरी |
| निर्णय वर्ष / मिति | 2079/02/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री कुमार रेग्मी |
| मुद्दा नं. | ०७५-CR-२२१८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10988 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
