सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २१७ / ४४०

नि.नं. 6329वि.सं. २०५४पूर्ण इजलास

अंश  ।

अंश

§ मुलुकी (सातौ संशोधन) ऐन, २०३४ बाट अंशवण्डाको ३० नं. संशोधन हुँदा "यो ऐन प्रारम्भ हुँदा सम्ममा बण्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशवण्डा गरी छुट्टिई आफ्नो आफ्नो हिसाब भाग शान्ति बमोजिम लिई पाई दाखिल खारेज समेत गराई सकेको वा वण्डा बमोजिम आफ्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6328वि.सं. २०५४एक न्यायाधीशको इजलास

उत्प्रेषणयुक्त परमादेश वा अन्य उपयुक्त आदेश जारी गरी पाउँ ।

§ संविधानको धारा ८८(२) ले सार्वजनिक सरोकारको विषयमा जो सुकैले पनि रिट दायर गर्न सक्ने, विपक्षी रामशरण महतले अमेरिका स्थित केमिकल वैंकमा खाता खोली संचालन गरेको विषयमा संसदमा समेत प्रश्न उठी सार्वजनिक चासोको विषय वनेको विदेशी बैंकमा खाता रहेको सम्वन्धमा राष्ट्र्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6327वि.सं. २०५४संयुक्त इजलास

कुटपीट, लुटपीट ।

§ पेश हुन आएको घा जाँच केश फारमबाट वादीको आंखा, ओठ र पिठ्यूंमा घा चोट देखिएको र दुवै पक्षबाट वारदातलाई स्वीकार गरिएबाट दोहोरो कुटपिट भएको भन्ने कुरा स्पष्ट हुन आएको छ । यस अवस्थामा कुटपिट ठहर गरी संजाय गरेको पुनरावेदन अदालत नेपालगंजको इन्साफलाई अन्यथा भन्नु पर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6326वि.सं. २०५४

मोहियानी हक कायम ।

मोहियानी हक कायम

§ कानून जे जस्तो छ सो वमोजिम गरी व्याख्या गर्नु पर्ने दायित्व अदालतको हुने । § कार्यविधि सम्वन्धी व्यवस्था प्रचलित कानून वमोजिम हुने हुँदा लगत प्रकाशन सम्वन्धी व्यवस्था नै समाप्त भएपछि सो प्रकाशन भए नभएको र त्यसको औचित्य समेत नहुने हुँदा लगत प्रकाशनको रीत वेरी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6325वि.सं. २०५४संयुक्त इजलास

वन्दीप्रत्यक्षीकरण ।

वन्दीप्रत्यक्षीकरण

§ लोग्ने स्वास्नीको ३ नं. वमोजिम लोग्ने स्वास्नीको सम्वन्ध विच्छेद हुने नहुने विवादमा निर्णय गर्दाको अवस्थामा नावालक छोराछोरीको पालनपोषण कसले गर्ने भन्ने कुराको पनि निर्णय हुने उल्लेखित ऐनले नै प्रष्ट व्यवस्था गरेको छ । कानून वमोजिम अधिकार प्राप्त अदालतबाट निर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6324वि.सं. २०५४संयुक्त इजलास

विक्री वदर ।

विक्री वदर

§ घरको मुख्य व्यक्तिले गरेको व्यवहारलाई लेनदेन व्यवहारको महलको ८ नं. ले मान्यता दिनु पर्ने तात्पर्य संगोलको व्यवहार चलाउने जोसुकैले नगरुन, त्यस्तो लेनदेन कारोवारमा घरको मुख्य व्यक्तिको समेत सहिछाप हुनुपर्ने व्यवस्था गरेको प्रष्ट छ । लेनदेन व्यवहारको महलको ८ नं…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6323वि.सं. २०५४संयुक्त इजलास

घर उठाई चलन ।

घर उठाई चलन

§ पुनरावेदन अदालत नियमावली, २०४९ को नियम ४२(१) मा पुनरावेदक वा प्रत्यर्थीले चाहेमा तारेखमा नवसे पनि हुने व्यवस्था रहेको भए पनि तारेखमा वसी वारेस दिई वारेस समेतले तारेख लिई रहेकोमा वारेसले तारेख गुजारी सकेपछि उक्त नियम ४२(१) को व्यवस्था वमोजिम पुनरावेदकले नै ता…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6322वि.सं. २०५४संयुक्त इजलास

निषेधाज्ञा ।

निषेधाज्ञा

§ यो मितिमा नगरपालिकावाट यो यस्तो निर्णय भएको भन्ने प्रमाण नभई पत्रहरु सम्म आदान प्रदान भएको देखिन्छ । लिखित जवाफमा आदेश दिएको भनेकै भरमा पुनरावेदन लाग्ने प्रकृतिको फैसला वा अन्तिम आदेश भएको भन्ने नदेखिंदा पुनरावेदन नगरेको भन्ने भनाई युक्तिसँगत नदेखिने । § ढल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6321वि.सं. २०५४संयुक्त इजलास

कर्तव्य ज्यान ।

कर्तव्य ज्यान

§ सरकार वादी हुने फौज्दारी मुद्दामा अदालतको अधिनमा मुद्दा गै सकेपछि अदालतको आदेश वेगर प्रहरीले कुनै तहकिकात गर्न पाउने कुनै कानूनी व्यवस्था देखिंदैन । अपराधसँग सम्वद्ध वस्तु बरामद गर्ने कार्य अनुसन्धानको कार्य भए पनि मुद्दा अदालतको अधिनस्थ भै सकेपछि अदालतको आद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6320वि.सं. २०५४संयुक्त इजलास

अंश ।

अंश

§ दिदी वहिनी बीच चलेको अंशवण्डा मुद्दामा अंशवण्डा भई छुट्टी भिन्न वसेको दाजुले अंश मुद्दँ सकार गर्न पाउने कानूनी व्यवस्था रहेको नदेखिने । § विवादित सम्पत्तिमा हक पुग्ने दैयादारले मात्र मुद्दा सकार गर्न पाउने । § प्रस्तुत मुद्दामा दिदी वहिनी बीच चलेका अंश मुद्द…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6319वि.सं. २०५४संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश ।

उत्प्रेषणयुक्त परमादेश

§ सरकारी मुद्दा सम्वन्धी ऐन, २०४९ को दफा २९ ले श्री ५ को सरकार वादी भई हेरिने वा श्री ५ को सरकारतर्फबाट चलाइएको मुद्दामा श्री ५ को सरकार वादी भएको फौज्दारी मुद्दा सम्वन्धमा शुरु जिल्ला अदालतबाट फिर्ता लिन पाउने अधिकार श्री ५ को सरकारलाई प्रदान गरेको देखिन्छ ।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6318वि.सं. २०५४संयुक्त इजलास

लुटपीट ।

§ अ.वं. १३९ नं. वमोजिम वुझिएका वादीका छोरा दिवाकर प्रसाईले प्रतिउत्तर जिकिर समर्थित हुने गरी वकपत्र गरेको समेत देखिंदा एकासगोलका अंशियारको नाममा दर्ता रहेको जग्गाको वाली अर्का अंशियारले जन ज्यामी लगाई काटी भांची ल्याएको क्रिया मुलुकी ऐन लुटपिटको १ नं. को परिभा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6317वि.सं. २०५४संयुक्त इजलास

उत्प्रेषण परमादेश ।

उत्प्रेषण परमादेश

· क्षेत्रीय कितावमा पर्ति जनिई श्री ५ को सरकारको नाउँमा दर्ता हुदैमा सवुद प्रमाणको मूल्याङ्कन गरी छुट दर्ता सम्वन्धमा निर्णय गर्न नसक्ने भन्न नमिल्ने । (प्र.नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 6316वि.सं. २०५४संयुक्त इजलास

मोही कायम ।

मोही कायम

· जग्गा धनीलाई मोहियानी हक छाडी भएको मिलापत्र वदर नभई कायम रहेको स्थितिमा बाली वुझाएको भर्पाइबाट साविक मोहीलाई कुनै प्रभाव नपर्ने । · कानून वमोजिमको कवुलियतको अभावमा भर्पाइको आधारमा मात्र मोही कायम गर्न नमिल्ने । (प्र.नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 6315वि.सं. २०५४संयुक्त इजलास

निखनाइ पाउँ ।

निखनाइ पाउँ

· भोग वन्धकी लिखता जहिले सुकै पनि थैलि बुझाउन एवं भोग वन्धकी लिखतको आधारमा भोग वन्धकी लिने साहु कहिले पनि सो जग्गाको स्वामी हुन नसक्ने । (प्र.नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 6314वि.सं. २०५४संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेश

§ मेरो नाम दर्ताको जग्गाको केही खण्डमा मैले नै रोपेको रुख काट्न जांदा विपक्षी समितिले प्रतिवाद गरेकाले कैलाली जिल्ला अदालतमा पृथक उजुरी दिएको छु भन्ने रिट निवेदन लेखलाई लिएर लिखित जवाफमा सोही मुद्दाबाट निरोपण हुने भन्ने जिकिर लिएको पाइन्छ । रिट निवेदकले जग्गा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6312वि.सं. २०५४विशेष इजलास

संविधानको धारा २३, ८८ (१) (२) वमोजिम उत्प्रेषण लगायत जो चाहिने आदेश जारी गरी पाउँ ।

§ ऐन नियमका सामान्य व्यवस्थालाई अपवादित गर्ने गरी प्रतिवन्धात्मक वाक्यांश पनि ऐन नियममा राख्न सकिने नै हुन्छ । (प्र.नं. १०) § राष्ट्र वैंकमा नव प्रवेशीका लागि र विज्ञापित पद भन्दा एक तह मुनि काम गर्ने सबै प्रकारका व्यक्तिका लागि समान योग्यता नै निर्धारित हुनुप…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6311वि.सं. २०५४पूर्ण इजलास

उत्प्रेषण

§ निवेदकको मिति २०४९।८।१६ को निवेदन अनुसार नै २०५२।८।२८ मा स्वेच्छिक अवकास दिने निर्णय गरेको र सो अवकास २०४९।८।१८ देखि लागू हुने गरी निर्णय भएको समेत हुँदा संशोधन पछि स्वेच्छिकको निवेदन परी कार्यवाही भएको अवस्था नभै २०४९।८।१६ बाट कार्यवाही चली अन्तिम टुंगोसम्म…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6310वि.सं. २०५४विशेष इजलास

उत्प्रेषणयुक्त जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरी पाउँ

§ निवेदक छात्रवृती प्राप्त गरी अध्ययन गरी फर्केपछि ५ वर्षसम्म काम नगरेको तथ्यमा विवाद देखिएन । श्री ५ को सरकार तर्फवाट छात्रवृती प्राप्त गर्नेले ५ वर्ष सरकारी सेवा गर्नुपर्ने कानूनी व्यवस्था समेत भएको देखियो । छात्रवृत्ती ऐन विपरीत ५ वर्ष काम नगर्ने व्यक्तिबाट…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6309वि.सं. २०५४पूर्ण इजलास

खिचोला हक कायम ।

§ अंशवण्डा हुँदा वादीका बाबुको नाममा परेको जग्गाको स्वामित्व जुन रुपमा थियो सोही रुपमा प्रतिवादीले आफ्नो नाममा नामसारी गराएकोमा नामसारी गर्ने कार्यवाट मात्र नयां हक श्रृजना हुन सक्ने अवस्था नदेखिंने । (प्र.नं. १८) § प्रतिवादीले नापीमा दर्ता गराएपछि परेका मुद्द…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6308वि.सं. २०५४पूर्ण इजलास

उत्प्रेषण मिश्रित परमादेश समेत ।

§ महालेखा परिक्षकको विभागले सरकारी आय व्ययको लेखा परिक्षण गर्ने काम र अधिकार अन्तर्गत भंसार कार्यालय विराटनगरको आ.व.०४३।०४४ को राजश्व तथा धरौटीको लेखा विवरण पेश गरेको र महालेखा परिक्षकको डोर मुकाम विराटनगरवाट लेखा परिक्षण हुँदा सुगम जिपर उद्योग धरानले तेश्रो म…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6307वि.सं. २०५४विशेष इजलास

नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(१)(२) अनुसार उत्प्रेषण मिश्रित परमादेश जारी गरी पाउँ

§ करको विभिन्न रुप हुन्छ । आर्थिक ऐनमा नै कतै दस्तुर कतै महशुल कतै कर र कतै शुल्क भन्ने उल्लेख भएको पाइन्छ । आर्थिक ऐनमा उल्लेखित यी सवै दस्तुर महसुल शुल्क करको रुप हुँदा यसलाई कर होईन अन्यथा हो भन्ने स्थिति छैन । (प्र.नं. १४) § निवेदकलाई औद्योगिक व्यवसाय ऐनले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6306वि.सं. २०५४पूर्ण इजलास

कर्तव्य ज्यान ।

कर्तव्य ज्यान

§ वादी दावी प्रमाणित गर्ने दायित्व वादी पक्षको हुन्छ । वादी तर्फबाट आफ्नो दावी अनुसारको वारदात भएको भन्ने तथ्य स्थापित हुन नसकेको मात्र नभई मुलुकी ऐन ज्यान सम्वन्धी महलमा रहेको व्यवस्थातर्फ ध्यान पुग्न सकेको पाइदैन । अनुसन्धान तहकिकात गरी सही तथ्य प्रमाणित गरा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6305वि.सं. २०५४विशेष इजलास

उत्प्रेषण

§ प्राइभेट र पव्लिक दूवै कम्पनी ऐन, २०२१ अन्तरगत संस्थापित हुने भएतापनि कम्पनी ऐन, २०२१ को दफा २ को खण्ड (ख) र (ग) अनुसार Public Limited र Private Limited को परिभाषामा मौलिक भिन्नता देखाइएको छ र यस्को गठनको उद्देस्य भिन्न भिन्न प्रकारका कम्पनी हुन सक्ने कुरा स…

नजिर सार पढ्नुहोस् →