नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6320 · वि.सं. २०५४

नि.नं. 6320 — अंश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ दिदी वहिनी बीच चलेको अंशवण्डा मुद्दामा अंशवण्डा भई छुट्टी भिन्न वसेको दाजुले अंश मुद्दँ सकार गर्न पाउने कानूनी व्यवस्था रहेको नदेखिने । § विवादित सम्पत्तिमा हक पुग्ने दैयादारले मात्र मुद्दा सकार गर्न पाउने । § प्रस्तुत मुद्दामा दिदी वहिनी बीच चलेका अंश मुद्दामा पहिले नै अंशवण्डा भई भिन्न वसेको दाजुले मुद्दा सकार गर्न प्रचलित कानूनले व्यवस्था गरेको नदेखिएको साथै यस सर्वोच्च अदालतबाट प्रतिपादित नजिरहरु समेत विपरित पुनरावेदन अदालत ललितपुरबाट वादीको मु.स. गर्ने ज्ञान ज्योति कायम गरेको वदर हुन्छ । वादी ज्ञान शोभाको मृत्यु भै सकेको हुँदा ज्ञानशोभाको मृत्यु पश्चात एक अंशियार मात्र वांकी रहेकोमा पुनरावेदन अदालत ललितपुरबाट दुई भागको एक भाग अंश दिलाउने गरेको फैसला गल्ती भई उल्टी हुने । (प्र.नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6320
मुद्दाको विषयअंश ।
निर्णय वर्ष / मिति2053/02/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6320
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्